दुई करोड ३२ लाखको बैंकिङ कसुर गरी फरार प्रतिवादी पक्राउ
बुधबार, ०८ असार २०७९, १४ : २८

बैकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ हलेसी नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन् ।
विभिन्न १० जना व्यक्तिहरुलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी २ करोड ३२ लाख ४० हजार रूपैयाँ बराबरको बैंकिङ कसुर गरी फरार रहेका घिमिरेलाई प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह
-
रोसी, सुनकोसी र हलेसी
-
अराजक रुपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता : मन्त्री गुरुङ
-
प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव
-
विगतका सरकारले खनेको योजनाहरुको खाल्डो पुर्दैछौँ : अर्थमन्त्री
-
राजाहरुले देश कंगाल बनाए : प्रधानमन्त्री ओली