शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्छु : रेनु दाहाल

बुधबार, ०८ असार २०७९, १४ : ०३
बुधबार, ०८ असार २०७९

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । बुधबार भरतपुर वडा नंं ७ मध्यबिन्दु टोलस्थित प्रेमवस्ती कभर्ड हलको शिलान्यास कार्यक्रममा मेयर दाहालले सो कुरा बताएकी हुन्।

भरतपुरबासीहरुको चाहाना तीब्र विकास, सुशासन, पारदर्शिता रहेकाले विगतको अनुभवका आधारमा यो पाँच वर्षको लागि मैदान उत्रिसकेको प्रमुख दाहालले बताइन् ।  ‘सबै पक्षले मलाई अत्यधिक मत दिनुभएको छ, उनले भनिन्, ‘यसको लागि म ऋणी छु । यो मेरो अन्तिम कार्यकाल हो । मैले चाहेर पनि फेरि मेयर हुन पाउँदिन । समय पनि धेरै छ । काम पनि धेरै गर्ने छु । सकेको राम्रो गर्छु ।’

विकासका लागि महत्त्वकांशी भएकै कारण पहिलो कार्यकालमा भरतपुरमा सोचेको भन्दा बढी बजेट ल्याउन र विकास गर्न सकेको स्मरण गरिन् । मेयर दाहालले दोस्रो कार्यकालको लागि निर्वाचनको मत परिणाम नआउँदै भरतपुरको विकासको बारेमा चिन्तित भई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलसँग कुराकानी भएको उल्लेख गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप