संवैधानिक नियुक्ति विरुद्धको रिटमा न्याय परिषद् सदस्य भण्डारीलाई समेत विपक्षी बनाउने सर्वोच्चको आदेश
संवैधानिक नियुक्ति विरुद्धको रिटमा सर्वोच्च अदालतले न्याय परिषद् सदस्य रामप्रसाद भण्डारीलाई समेत विपक्षी बनाउने आदेश दिएको छ । बुधबारको संवैधानिक इजलासले न्याय परिषद् सदस्य रामप्रसाद भण्डारीलाई समेत विपक्षी बनाउने आदेश दिएको हो ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सोही अध्यादेशको आधारमा गरिएको नियुक्ति विरुद्धमा दायर भएको रिटमा सर्वोच्चले न्याय परिषद् सदस्य भण्डारीलाई समेत विपक्षी बनाउने आदेश दिएको हो । समृत खरेलको रिटमा सुनुवाइपछि न्याय परिषद् सदस्य भण्डारीलाई पनि विपक्षी बनाउने आदेश भएको हो ।
बुधबारकै संवैधानिक इजलासले संवैधानिक परिषद्को निर्णयको सक्कल मिसिल पनि झिकाउन पुनः आदेश दिएको छ । यसअघि पनि सोही आदेश दिएको भएपनि परिषद् कार्यालयबाट उक्त मिसिल उपलब्ध नभएकाले पुनः ताकेता गरिएको अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।
बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलास गठन गरिएको थियो । अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्यावधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति दिइएको भन्दै २०७७ मंसिर १ गते अधिवक्ता ओमप्रकाश अर्याल र मंसिर २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, समृत खरेल लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसकै आधारमा भएको नियुक्ति बदर गर्न माग गर्दै उनीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।
यसअघि उक्त मुद्दामा संवैधानिक नियुक्ति लिई विपक्षी बनाइएका सबैलाई म्याद तामेल गर्ने गरी कारण देखाउ आदेश जारी भएको थियो । यद्यपि वादीले अन्तरिम आदेशको माग गरेपनि अन्तरिम आदेश जारी नहुने आदेश दिइएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहरुख खानको पहिलो पारिश्रमिक ५० रुपैयाँ, सलमान खानको ७५ रुपैयाँ, अरू कसको कति ?
-
राजश्व अनुसन्धानको महानिर्देशकमा बुढा, ढुंगानाको सरुवा
-
मुम्बईको टस फेरि विवादमा
-
बिरामी परे प्रियंका चोपडाका पति निक जोनस, कन्सर्ट स्थगित
-
सम्पत्ति शुद्धीकरण मामिलामा फसे एल्भिस यादव
-
आजपाद्वारा भन्सार विभागमा धर्ना र ज्ञापन, किन हुँदैछ पटक पटक आन्दोलन ? (तस्बिरहरु)