इन्डोनेसिया उडे ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज’ प्रतियोगी
‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज’ आयु खत्री, रिदम नेपाल, कृषा खड्गी, कर्मा कलसंग सुरुते र ‘किड्स अफ दि इयर इन्टरनेशल’ यास्ना श्रेष्ठ इन्डोनेसिया उडेका छन् । बालीमा आयोजना हुने ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२२’ मा सहभागी जनाउन उनीहरु मंगलबार साँझ बाली उडेका हुन् । बाली शहरमा २४ देखि २५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगिताका १० बढी राष्ट्रका सहभागी रहनेछ ।
प्रतियोगितामा बालबालिका नेपाली कला संस्कृति सहित सहभागी हुन लागेका हुन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले ति बालबालिकालाई नेपालको तर्फबाट सहभागी गराउन लागेको हो । प्रतियोगितामा बालबालिका लिएर अन्तराष्ट्रिय फेसन कोच तथा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रवन्ध निर्देशक राज फैजु पनि सहभागी हुँदैछन् ।
प्रतियोगितामा बालबालिकाले अन्तराष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदार फैजुले नै तयार पारेको नेपाली कला संस्कृति झल्कने बिभिन्न आकर्षक पहिरनमा आफ्नो प्रस्तुति दिनेछन् । सबै प्रतियोगी बिभिन्न प्रशिक्षण सहित प्रतियोगितामा सहभागी हुन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने