शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वैज्ञानिकको दाबी – मानिसले मलद्वारबाट पनि सास फेर्न सक्ने !

बुधबार, ०८ असार २०७९, १३ : ५२
बुधबार, ०८ असार २०७९

मानिसले अब मुखबाट मात्रै नभई आफ्नो मलद्वारबाट पनि सास फेर्न सक्ने वैज्ञानिकले दाबी गरेका छन् । वैज्ञानिकका अनुसार यसले ती व्यक्तिहरुलाई सहयोग गर्नेछ जसलाई सास सम्बन्धि समस्या छ ।

यो कुरालाई प्रमाणित गर्नका लागि अन्तरराष्ट्रिय स्तरको वैज्ञानिकको एक समूहले सुँगुर र मुसामाथि अनुसन्धान गरेका छन् । यसका साथै, उनीहरुले कछुवामा पनि यस्तो अध्ययन गरेका छन् । यसको रिपोर्ट हालै क्लिनिकल एन्ड ट्रान्सलेशनल रिसोर्स एण्ड टेक्नोलोजी इनसाइट जर्नलमा  प्रकाशित गरिएको छ ।

वैज्ञानिकले आफ्नो प्रयोगमा यी जनावरको आन्द्रालाई रगडेर थोरै पातलो बनाए । यसमार्फत् उनीहरुले म्युकोसल लाइनलाई पातलो बनाउन खोजेका थिए । यसो गर्दा रक्त प्रवाहमा तीब्रता आउँछ । रक्त प्रवाहमा कुनै प्रकारको बाधा उत्पन्न हुँदैन । त्यसपछि यी जीवलाई कम अक्सिजन भएको कोठामा राखियो । कछुवा पहिला नै पातलो म्युकोसल लाइन भएको आन्द्रा हुन्छ त्यसैले उनीहरुलाई सास फेर्न कुनै खालको समस्या हुँदैन । त्यसैले पनि उनीहरु अत्यधिक चिसो ठाउँमा जीवित रहन्छन् ।

जसको आन्द्राको उपचार भयो, ती जीव लगभग दोब्बर बाँचे

डेलिस्टारको एक रिपोर्ट अनुसार यी वैज्ञानिक कुनै संस्थानका हुन् भनेर खुलासा गरिएको छैन । जुन जनावरको अक्सिजनको कमी भएको कोठामा राखिएको थियो, तिनीहरुको ११ मिनेटपछि मृत्यु भयो । किनभने उनीहरुको आन्द्रामा खासै कुनै पनि उपचार गरिएको थिएन । तर जसको उपचार गरिएको थियो, तिनीहरु करिब १८ मिनेटसम्म जीवित रहे । अर्थात्, उनीहरुले शरीरको पछिल्लो भागबाट सास फेरिरहेका थिए ।

आपतकालीन अवस्थामा यो प्रविधि मार्फत् बिरामीलाई बचाउन सकिने

यो प्रयोग एक घण्टासम्म चलाइयो । जुन जनावरको आन्द्राको उपचार गरिएको थियो, उनीहरुको मलद्वारमा प्रेसर अक्सिजन दिइयो । त्यतिबेला ७५ प्रतिशत जनावर एक घण्टासम्म जीवित रहे । यसमार्फत् के पत्ता लाग्यो भने सुगुँर कम अक्सिजन भएको अवस्थामा आफ्नो मलद्वारबाट सास फेर्न सक्षम छन् । यो प्रयोग सफल भएपछि वैज्ञानिकले खराब समयमा हामी आफ्नो मलद्वारबाट सास फेरेर केही समय थप बाँच्न सकिने सम्भावना व्यक्त गरेका छन् ।

हाल मानिसमा परीक्षण भएको छैन, भविष्यमा सम्भव !

यद्यपि, वैज्ञानिकले यो तरिकाले कसैले पनि आफ्नो मर्जीमा नगर्न सुझाएका छन् । वैज्ञानिकले योभन्दा पनि सहज तरिकाको खोजी गरिरहेका छन् ताकि कम अक्सिजनको समस्याबाट बच्न सकियोस् । हालसम्म मानिसमा यो चिजको परीक्षण गरिएको छैन । न नै ह्युमन ट्रायलको योजना चलिरहेको छ । भविष्यमा यसको कुनै योजना भए, यसबारे जानकारी दिइने वैज्ञानिकले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप