ad
x
फिचर

‘नारायणहिटी र सिंहदरबार चाहियो, म मिलाई दिन्छु’

person explore access_timeअसार ८, २०७९ chat_bubble_outline0

‘के तपाईंलाई नारायणहिटी वा सिंहदरबार चाहियो ? चिन्ता नगर्नोस्, म मिलाईदिन्छु’ सजिलै भन्छन् शंकर पाण्डे । कतिपयले त घरजग्गा कारोबारी भएको अनुमान गर्नुभयो होला । तर यो अनुमान गलत हो । किनभने उनी नेपाली फिल्मका प्रोडक्सन म्यानेजर हुन् । नारायणहिटी र सिंहदरबार कारोबारका लागि नभएर फिल्म छायाङ्कनका लागि मिलाइ दिने उनको कुरो हो । 


‘कथाले नारायणहिटी र सिंहदरबार माग्नुपर्छ । म मिलाउन सक्छु । त्यसका लागि समय र खर्च लाग्छ,’ पाण्डेले भने ‘कथामा छैन भने मिल्दैन ।’ पाण्डे नेपाली फिल्मका राम्रा प्रोडक्सन म्यानेजर हुन् । फिल्मका लागि चाहियो भनेपछि उनी हरेक चिज मिलाउने क्षमता राख्दछन् । त्यसको लागि उनको आफ्नै तरिका छ । काम लिनुपर्ने व्यक्तिलाई पहिले फिल्मी मोह जगाउँछन्, त्यसपछि कामका कुरा राख्छन् ।  ‘नो’ भन्ने कुरै आउँदैन ।



पाण्डेले प्रोडक्सन भने कतैबाट सिकेका पनि होइनन् । फिल्ममै काम गर्दै जाँदा जानेका हुन् । लुट, चिसो मान्छे, कबड्डी ४, पशुपति प्रसाददेखि बलिउड फिल्म उचाहीसम्म सय बढी फिल्म, तीन दर्जन टेलिसिरियल, डेढ सय विज्ञापन फिल्ममा प्रोडक्सन डिजाइनको अनुभव छ उनीसँग । नेपाली र भोजपुरी गरी सय बढी म्यूजिक भिडियोमा पनि प्रोडक्सन जिम्मेवारी सम्हालेका छन् उनले । कामको अनुभवबाट उनी दिन प्रतिदिन  खारिँदै गएका छन् ।





के हो प्रोडक्सन ?



फिल्मका मुख्य पात्र, निर्देशकदेखि छायांकन र सम्वाद सम्मको नाम आउँछ । तर प्रोडक्सन म्यानेजर भने छाँयामै रहन्छन् । जबकि फिल्म (प्रोजेक्ट) लाई ब्यवस्थित, चुस्त बनाउन युनिटका हरेक सदस्य, प्रविधि उपलब्ध गराउनेदेखि युनिट कमान्ड गर्ने मुख्य जिम्मेवार व्यक्ति नै प्रोडक्सन हो ।  प्रोडक्सनले युनिट ह्यान्डल, लोकेसन मिलाउने, प्रविधिको चयन उपयोग गर्नेदेखि कम्पनी रजिस्ट्रारसम्म हरेक जिम्मेवारी पुरा गर्नुपर्ने पाण्डे सुनाउँछन् ।



सानैदेखि हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ जस्ता कलाकार बन्ने सपना देख्थे शंकर । त्यसका लागि उनी गाउँको टोल टोलमा मात्र नभई नजिकका जिल्लासम्म नाटक देखाउँथे, स्टेज कार्यक्रम गर्थे । 

‘सबैको तारो भइन्छ । शारीरिक, मानसिक, फिजिकल सबै प्रकारको खटाइ हुन्छ’ पाण्डेले सुनाए, ‘आज सुटिङ गरेको लोकेसन भोलि मिल्छ कि मिल्दैन भनेर रातभर समेत सुत्न सकिन्न ।’ प्रोडक्सनका दुःख सम्झने हो भने काम गर्न मन नलाग्ने बताउने उनी पहिले पहिले पारिश्रमिकमा ठगिएका पनि छन् । अहिले भने अनुभवले कसैले ठग्न नसक्ने बताउँछन् ।

उनले थपे, ‘पुरै प्रोजेक्ट ह्यान्डेल गर्ने, निर्देशकलाई बाटो देखाउने र आर्टिस्टहरुलाई सहज बनाउने जिम्मेवारी पनि प्रोडक्सनको हो । लगाएको काम गर्ने त के को प्रोडक्सन ?’

प्रोडक्सन जिम्मेवारीमा खरो उत्रिदै आएका उनलाई पछिल्लो समय निर्माता निर्देशकले खोजी खोजी काम दिन्छन् । त्यसैले महँगा र राम्रा ब्यानरका उनको हातमा पर्ने गरेको छ । बाधा अड्चन हुने र अप्ठ्यारा फिल्ममा समेत आफूलाई खोजिने उनी सुनाउँछन् । ‘पहिले म नबुझिकन दौडिन्थे । त्यसैले हाउडे भन्थे,’ उनले भने, ‘अहिले जे बोल्छु । त्यो पुरा गर्छु । त्यसैले सबैको बिश्वास जित्न सकेको छु ।’ उनको हातमा अहिले ‘पशुपति प्रसाद–२’ र अष्ट्रेलियाको एक प्रोजेक्ट छ ।

निर्देशकबाट प्रोडक्सनसम्म

सानैदेखि हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ जस्ता कलाकार बन्ने सपना देख्थे शंकर । त्यसका लागि उनी गाउँको टोल टोलमा मात्र नभई नजिकका जिल्लासम्म नाटक देखाउँथे, स्टेज कार्यक्रम गर्थे । 

२०५५ सालमा जब उनले एसएलसी पास गरे । त्यसपछि कलेज पढ्दै गाउँका दाजुभाइ, दिदीबहिनी समेटेर सिरियल निर्देशन गरे । ‘त्यो समय फिल्म क्षेत्र बारे आममानिसको बुझाई राम्रो थिएन । यसमा लाग्नेलाई राम्रो भनिदैन थियो,’ उनले पहिलेको कुरा सुनाए, ‘गाउँका दिदीबहिनी समेटेर गरेको कामको नकारात्मक टीकाटिप्पणी भयो । अझ केहीले त दिदी बहिनीलाइ सेक्सुअल हेरेष्टमेन्ट गर्छ समेत भनेर गलत नजरले हर्ने थाले ।’

त्यो समय फिल्ममा राजेश हमाल, भुवन केसी र सिरियलमा महजोडी चलेका थिए । अन्ततः नाम, दाम र कामको लागि उनी स्याङ्जाबाट २०५६ मा काठमाडांै छिरे । ताहाचल क्याम्पसमा भर्ना भए । त्यसपछि कामको खोजीमा लागे । सोही क्रममा मामा विजय चालिसेले फिल्म क्षेत्र राम्रो नभएकाले त्यसमा नलाग्न सुझाए । तर उनले कलाकारिता आफ्नो प्रतिको लगाव मर्न दिएनन् ।

त्यसो त कामको सिलसिलामा उनको धेरैसँग भनाभन पनि परेको छ । एक पटक अभिनेता बिराज भट्टसँग हानाहान नै भएको थियो रे । तर अहिले सम्बन्ध राम्रो छ । बिराज लगायत धेरै फिल्मकर्मी त उनलाई ‘टाइगर’ भनेर सम्बोधन गर्छन् । त्यो किन ? बाघजस्तो कामको रफ्तार र लागेपछि काम पुरा गर्ने आफ्नो बानीले आफूलाई ‘टाइगर’ भनिएको उनले सुनाए ।

गाउँमा सिरियल निर्देशन गरेको भरमा काठमाडौँमा उनलाई कसैले पत्याउने कुरै भएन । त्यसैले उमेश मायालुको निर्देशन रहेको ‘मन मन्दिर’ सिरियलमा उनी प्रोडक्सनको रुपमा भित्रिए । सिरियलम लागि उनले जिप, भ्यान, जेम्स स्कुल लगायत  लोकेसन र आवश्यक सबथोक जुटाए । युनिटमा निर्मल केसी भन्ने व्यक्ति पनि थिए । उनले यो भाइ एकदमै इनर्जेटिक छ भनेर कामको प्रशंसा गर्दै अगाडि बढ्न हौसला दिए ।

त्यतिकैमा उनी सन्तोष पन्तको ‘हिजो आजका कुरा’ सिरियलमा अभिनय र प्रोडक्सन दुबै गरे । सोही क्रममा उनी त्यतिबेला फिल्ममा चलेका मुख्य सहायक निर्देशक सुमन शाहीको नजरमा परे । यो व्यक्ति फिल्मका लागि राम्रो हुन सक्छ भनेर निर्देशक  दीपक परिकोटीसँग भेटाए । त्यसपछि निर्देशक परिकोटीको टिममा उनले म्युजिक भिडियो हुँदै फिल्मको प्रोडक्सन समेत सम्हाले ।

‘काम त हात पर्‍यो । सामानको बाहेक, सवारी खर्च पनि दिँदैन थिए,’ उनी संघर्षको पुरानो दिनमा फर्किए, ‘गाडी चढ्ने खर्च नहुँदा पैदल मार्च गरेर काम गर्थें ।’ उनको त्यो क्रियाकलापमा उल्टै सबै हाँस्थे । त्यसमा पनि केही गुनासो नगरी उनी काममा लाग्थे । मध्यरातमा उठेर गाडी खोज्ने, दिन र रात नभनी काम गरेको रेकर्ड कति छ कति । उनी कति रात त सुत्नै पाउँदैन थिए । ‘दुःखका कुरा सम्झने हो भने अहिले आँसु चुहिन्छ,’ उनले आँखाको परेली पुछ्दै भने ‘त्यसरी काममा मिहिनेत नगरेको भए अहिले किन यहाँ व्यस्त हुन्थे र ?’ 

सपनाझैँ लाग्छ

२०६२/०६३ मा ‘दुई पल’ फिल्मबाट प्रोडक्सन सुरु गरेका उनले नेपालमा बनेका राम्रा र महँगा प्रायः फिल्म गरेका छन् । प्रोडक्सनमा आफू सफल हुनुको श्रेय उनी फिल्मकर्मीहरूलाई नै दिन्छन् । भन्छन्, ‘सबैले नपत्याएको भए म यो स्थानमा कहाँ हुन्थे र ?  कलाकार मात्र होइन, उनी रंग पत्रकारका पनि प्रिय पात्र हुन् । पत्रकारलाई चाहिएको फिल्मकर्मीको नाम र सूचनाको भण्डार हुन् उनी ।

केही अगाडि शाहिद कपुर, साउथ स्टार विजय सेतुपाथी, केके मेनन लगायतको वेभ सिरिज काठमाडौँमा सुटिङ भएको थियो । त्यसमा पनि उनले जोडिएर आफ्नो क्षमता देखाउने मौका पाएका थिए । 

नेपालीका मात्र होइन, बलिउड, साउथ र हलिउडको प्रोजेक्टमा समेत काम गरेका छन् उनले । उनको विदेशको पहिलो प्रोजेक्ट साउथको आइ मुभिजको विक्रमसँग ‘दशका दम’ हो । ‘२०७२ सालमा एक प्रोजेक्टको सिलसिलामा म सिक्किममा थिएँ । त्यहाँ आइ मुभिजको पोस्टर देख्दा यस्तो फिल्म गर्न पाए जिउज्यान दिन्थें भनेर एक साथीलाई भनेको थिएँ’, शंकरले थपे ‘नभन्दै दुई महिनापछि आइ मुभिजको ‘दशका दम’ हात पर्‍यो ।’ 

त्यसपछि भारतबाट सुटिङका लागि आउने सानातिना थुप्रै प्रोजेक्ट गरेका उनको पछिल्लो बलिउड प्रोजेक्ट ‘उचाही’ हो । अमिताभ बच्चन, अनुपम खेर, परिणीति चोपडा लगायतसँग काम गर्न पाउँदा खुसी नहुने कुरै भएन । सुरज आचार्य दाईका कारण यसमा जोडिएको बताउने उनलाई आफ्नो त्यो टीममा आफ्नो काम सपना झै लाग्ने गरेको सुनाउँछन् ।

केही अगाडि शाहिद कपुर, साउथ स्टार विजय सेतुपाथी, केके मेनन लगायतको वेभ सिरिज काठमाडौँमा सुटिङ भएको थियो । त्यसमा पनि उनले जोडिएर आफ्नो क्षमता देखाउने मौका पाएका थिए । 

हलिउडको भने उनले २०७२ मै अक्फानमको एउटा मात्र काम गर्ने मौका पाएका छन् । त्यो सुटिङका लागि भारतबाट ड्रोन मगाइएको थियो । नेपालमा उडाउने अनुमति थिएन । दिनको एक लाख पाउने भएपछि उनले एक सिडियोको सहयोग लिएर उडाए । ‘मैले जीवनमा दिनको एक लाख कमाएको त्यो पहिलो पटक हो । करिब दुई घन्टाको कसरतमा त्यो कमाएको थिएँ,’ उनले भने, ‘ड्रोन उडाएको देखेपछि आर्मी आए, हामी तुफान भाग्यौँ ।’

हलिउड, बलिउड र कलिउड फिल्म कामको अनुभव संगालेका उनले नेपाली फिल्मकर्मीले सिक्नुपर्ने धेरै कुरो बिदेशी फिल्मबाट जानेका छन् । त्यसमध्ये एक ‘आर्ट’ र ‘कस्ट्युम’ डिजाइन पनि हो । ‘नेपाली फिल्ममा एउटा प्रोडक्सनले ए टु जेड गर्नुपर्छ । जबकि विदेशीको एउटा पार्ट सम्हाले हुन्छ,’ पाण्डेले भने, ‘बलिउड फिल्म ‘उचाई’मा मैले एयरपोटको पार्ट सम्हालेका थिएँ ।’ विदेशी प्रोजेक्टमा थोरै काम र पारिश्रमिक बढी हुने उनको बुझाइ छ ।

फिल्मकर्मीले टाइगर भन्छन् 

पाण्डे कलाकारका फेबरेट प्रोडक्सन डिजाइनर हुन् । निर्माता, निर्देशकका अलावा कलाकारले निर्माण गर्ने फिल्ममा पनि उनी रोजाइमा पर्ने गर्छन् । कलाकारका सुख, दुःखका साथी पनि हुन् उनी । त्यसैले आफ्नो घरमा भन्दा बढी सेलिब्रेटीका घरमा खाना बढी खान्छन् रे । कलाकारहरुले आफूलाई धेरै विश्वास गर्ने उनी बताउँछन् ।

त्यसो त कामको सिलसिलामा उनको धेरैसँग भनाभन पनि परेको छ । एक पटक अभिनेता बिराज भट्टसँग हानाहान नै भएको थियो रे । तर अहिले सम्बन्ध राम्रो छ । बिराज लगायत धेरै फिल्मकर्मी त उनलाई ‘टाइगर’ भनेर सम्बोधन गर्छन् । त्यो किन ? बाघजस्तो कामको रफ्तार र लागेपछि काम पुरा गर्ने आफ्नो बानीले आफूलाई ‘टाइगर’ भनिएको उनले सुनाए ।

सांसद हुने सोच

पाण्डे विदेशमा नेपाली अवार्ड म्यानेजमेन्ट गर्ने पहिलो व्यक्ति पनि हुन् । विदेशमा (मलेसियामा) आयोजना भएको पहिलो अवार्ड नेफ्टा ४८ दिन त्यही बसेर उनले नै म्यानेजमेन्ट गरेका हुन् । त्यसपछि हङकङ, कतार लगायतका थुप्रै अवार्ड म्यानेज उनले गरे ।

दुई दशक बढी समय फिल्म क्षेत्रमा बिताएका उनी प्रोडक्सन डिजाइनको कामले अव जीवन नचल्ने निष्कर्षमा पुगेका छन् । किनभने फिल्मको कामबाट गरेको आम्दानीले उनको जीवन धान्ने काम मात्र भएको छ । अहिलेसम्म आर्थिक बचत गर्न उनी असफल छन् ।

पैसा नकमाएपनि खुसी रहेको बताउने उनको यो क्षेत्रबाट चित्त दुखाइ पनि छ । त्यो हो फिल्म क्षेत्रमा उनीहरुलाई छायांकन मास्टर, ह्याप्स गर्ने र आधा पैसा खाने जो आरोप लाग्दै आएको छ । 

फिल्म क्षेत्रबाट केही गर्न नसकेपनि राजनीतिबाट फिल्म क्षेत्रको उद्दार गर्ने योजना छ । स्याङ्जा, वालिङ–६ का स्थायी घर भएका उनी राजनीतिमा पनि सक्रिय छन् । उनी नेपाली काँग्रेसको भातृ संगठन नेपाल साँस्कृतिक संघको केन्द्रीय सदस्य हुन्, भने गृह जिल्लाको पनि नेपाली काँग्रेसको निर्वाचित प्रदेश प्रतिनिधि हुन् । सांसद बनेर देशको सेवा गर्ने उनको चाहना छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।