युवतीलाई अपहरण गरी भारतमा लगेर बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ
अपहरण, शरीर बन्धक, बलात्कार एवम् मानव बेचविखन तथा ओसार पसार मुद्दामा संलग्न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका– ७ बरेवा टोल बस्ने १९ वर्षीय ईर्साद अन्सारी रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अन्सारी समेत ३ जनाले २०७७ फागुन ५ गते बेलुकी १६ वर्षीया किशोरीलाई कलैया उपमहानगरपालिका–१ बाट अपहरण गरी भारतको लुधियाना पुर्याएका थिए । लुधियानामा बन्धक बनाई बलात्कार तथा मानव बेचविखन तथा ओसार पसार समेतको कसुर गरी फरार रहेको घटनामा संलग्नमध्ये अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले कलैया उपमहानगरपालिका–५ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशानुसार मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय वीरगंजमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने