ad
x

युवतीलाई अपहरण गरी भारतमा लगेर बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

person explore access_timeअसार ८, २०७९ chat_bubble_outline0

अपहरण, शरीर बन्धक, बलात्कार एवम् मानव बेचविखन तथा ओसार पसार मुद्दामा संलग्न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका– ७ बरेवा टोल बस्ने १९ वर्षीय ईर्साद अन्सारी रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 


प्रहरीका अनुसार अन्सारी समेत ३ जनाले २०७७ फागुन ५ गते बेलुकी १६ वर्षीया किशोरीलाई कलैया उपमहानगरपालिका–१ बाट अपहरण गरी भारतको लुधियाना पुर्याएका थिए ।  लुधियानामा बन्धक बनाई बलात्कार तथा मानव बेचविखन तथा ओसार पसार समेतको कसुर गरी फरार रहेको घटनामा संलग्नमध्ये अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले कलैया उपमहानगरपालिका–५ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 



उनलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशानुसार मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय वीरगंजमा पठाइएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।