अफगानिस्तान भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुग्यो
अफगानिस्तानमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २८० पुगेको छ । यसबारे त्यहाँको सरकारी समाचार एजेन्सीले जानकारी दिएको छ ।
सामाजिक सञ्जालमा प्रकाशित समाचारमा पक्तिका प्रान्तका विध्वंश देखिएको छ ।
दुर्गम क्षेत्रमा हेलिकोप्टरले पीडितलाई अस्पताल पुर्याइरहेको पनि देख्न सकिन्छ ।
स्थानीय बख्तर समाचार एजेन्सीले मृतकको संख्या बढ्न सक्ने बताउँदै ६ सयभन्दा बढी घाइते भएको जानकारी दिएको छ ।
स्थानीय समयानुसार मंगलबार राती साढे एक बजे दक्षिण पूर्वी शहर खोस्टबाट ४४ किलोमिटर टाढा भूकम्प गएको थियो ।
‘दुर्भाग्यवश, हिजो राती पक्तिका प्रान्तका चार जिल्लाम ठूलो भूकम्प गयो । यसले हाम्रा सयौँ जनताको ज्यान लियो, घाइते बने र दर्जनौँ घरहरु ध्वस्त भए,’ सरकारी प्रवक्ता बिलाल करिमिले ट्वीट गरे ।
Notable quake, preliminary info: M 6.1 - 44 km SW of Khōst, Afghanistan https://t.co/4ORKfdDXIR
— USGS Earthquakes (@USGS_Quakes) June 21, 2022
‘हामी सबै सहायता एजेन्सीलाई प्रकोप रोक्नका लागि तुरुन्तै टोली पठाउन आग्रह गर्दछौँ,’ उनले थपे ।
तालिबान अधिकारीहरुले देशको पूर्वमा प्रभावित क्षेत्रहरुमा तत्काल सहयोग गर्न एजेन्सीहरुलाई आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या