ad
x

२२ वर्षकी युवतीको अचम्मको जागिर : पोर्न हेरेबापत् प्रत्येक घण्टा २५ सय दिइने

person explore access_timeअसार ८, २०७९ chat_bubble_outline0

स्कटल्याण्डकी एक २२ वर्षीया युवतीले अनौठो जागिर पाएकी छिन् । यो काममा उनले हरेक दिन पोर्न हेर्नुपर्छ । उनले पोर्न हेरेपछि यसबारे अनुसन्धान गर्नुपर्नेछ र कम्पनीलाई राम्रो पोर्न बनाउनका लागि सल्लाह सुझावसमेत दिनुपर्नेछ । यसका लागि युवतीलाई हरेक घण्टा २० डलर (२५ सय रुपैयाँ) भुक्तानी गरिनेछ ।


यी महिलाले पोर्न साइट बेड–बाइबिलका लागि काम गर्नेछिन् । कम्पनीको आधिकारिक ट्वीटर ह्यान्डलबाट यसबारे जानकारी दिइएको छ ।



यो जागिरका लागि ९० हजारले आवेदन दिएका छन्



बेड(बाइबलमा पोर्न रिसर्च हेडको पदका लागि ९० हजारभन्दा बढीले आवेदन दिएका छन् । यसका लागि संसारभरबाट आवेदनहरू आएका थिए । तीमध्ये २२ वर्षीया रेबेका डिक्सन पनि एक थिइन् । अत्यधिक प्रतिस्पर्धापश्चात् यो कामका लागि रेबेका छनोट भएकी हुन् । सुरुमा उनलाई बेड(बाइबलमा सबैभन्दा धेरै पटक हेरिएका १०० वटा पोर्न हेर्नका लागि दिइन्छ ।



रेबेकाले भनिन्, ‘यो संसारको सबैभन्दा राम्रो काम ’



‘न्यूयोर्क पोस्ट’ ले रेबेकाको अन्तरवार्ता लिएको छ । जसमा रेबेकाले पोर्न रिसर्च हेडको कामलाई विश्वकै उत्कृष्ट काम भनेकी छिन् । उनले यसबारे कुरा गर्दै भनिन्, ‘म खुल्ला विचारकी केटी हुँ, केही नयाँ काम गर्नका लागि मलाई कुनै आपत्ति छैन । यो भिन्न प्रकारको काम हो । यसका विभिन्न चुनौतीका लागि तयार छु ।’

सेक्स पोजिसन र आवाजलाई पनि ध्यान दिनुपर्नेछ

कामका बेला रेबेकाले पोर्न भिडियोलाई निकै सुक्ष्म ढङ्गले केलाउनुपर्नेछ । उनले पोर्नको आवाज र त्यसमा काम गर्ने महिला र पुरुषको आँकडा पनि जम्मा गर्नुपर्नेछ । साथै उनले सेक्स पोजिसनबारे पनि जानकारी जम्मा गरेर त्यसबारे रिपोर्ट लेख्नुपर्नेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।