बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बिना अनुमति पायल्सको उपचार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

बुधबार, ०८ असार २०७९, १२ : ५३
बुधबार, ०८ असार २०७९

अनुमति बिना पायल्सको उपचार गरेको आरोपमा प्रहरीले सुनसरी नगरपालिका–६ इँटहरीबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल घर भएका ३१ वर्षीय रनो तालुकदार छन् । 

असार ६ मा उनलाई पक्राउ गरेर इलाजसम्बन्धी कसुरमा अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर  भीमबहादुर खड्काले रातोपाटीलाई बताए । नियामक निकायको अनुमति बिना आरोपीले ‘पायल्सको अपेशर तथा उपचार हुन्छ’ भनेर रकम लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप