५ वर्षमा सबै निजी अस्पताल बन्द हुन्छन्– दुर्गा प्रसाईं
बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आगामी ५ वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पताल बन्द हुने भविष्यवाणी गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको नीतिले आगामी वर्ष भित्र सबै निजी लगानीका अस्पताल बन्द हुने भविष्यवाणी गरेका हुन् ।
उनले भने, ‘देशमा सञ्चालनमा रहेका १५० नर्सिङ कलेजमध्ये १३७ वटा नर्सिङ कलेज बन्द हुँदैछन् ।’ गोविन्द केसीले अनसन बसेर ल्याइएको पछिल्लो ‘चिकित्सा शिक्षा ऐन’ का कारण यी सबै कलेज बन्द हुने तरखरमा रहेको उनको भनाइ छ । सबै नेपालमा नर्सिङ पढ्नै नपाइने उनको भनाइ छ ।
‘नेपालमा सञ्चालनमा रहेका नर्सिङ कलेज बन्द हुँदैछन् । नेपालमा भएका नर्सहरू विदेश जाँदैछन्,’ उनले भने, ‘त्यसपछि नेपालमा नर्सिङ पढ्नै पाइँदैन । भारत वा अन्य देशतर्फ लाग्नुपर्छ ।’ यस्तै, नेपालमा नर्सिङ पढाई नहुने र भएका नर्स विदेशतर्फ जानेक्रम बढेपछि ५ वर्षपछि नेपालले भारत वा अन्य तेस्रो मुलुकबाट नर्स ल्याउनुपर्ने प्रसाईंले बताए ।
‘अहिले नेपालका शिक्षण अस्पताल बन्द गरेर पढ्न विद्यार्थीलाई बाहिर पठाइरहेका छौं,’ प्रसाईं थप्छन्, ‘अब नेपालमा भएका नर्सलाई पनि बाहिर पठाउँदै छौं । यसपछि, नेपालका सबै अस्पताल बन्द भएपछि बिरामीलाई पनि विदेश पठाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण