५ वर्षमा सबै निजी अस्पताल बन्द हुन्छन्– दुर्गा प्रसाईं

बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आगामी ५ वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पताल बन्द हुने भविष्यवाणी गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको नीतिले आगामी वर्ष भित्र सबै निजी लगानीका अस्पताल बन्द हुने भविष्यवाणी गरेका हुन् ।
उनले भने, ‘देशमा सञ्चालनमा रहेका १५० नर्सिङ कलेजमध्ये १३७ वटा नर्सिङ कलेज बन्द हुँदैछन् ।’ गोविन्द केसीले अनसन बसेर ल्याइएको पछिल्लो ‘चिकित्सा शिक्षा ऐन’ का कारण यी सबै कलेज बन्द हुने तरखरमा रहेको उनको भनाइ छ । सबै नेपालमा नर्सिङ पढ्नै नपाइने उनको भनाइ छ ।
‘नेपालमा सञ्चालनमा रहेका नर्सिङ कलेज बन्द हुँदैछन् । नेपालमा भएका नर्सहरू विदेश जाँदैछन्,’ उनले भने, ‘त्यसपछि नेपालमा नर्सिङ पढ्नै पाइँदैन । भारत वा अन्य देशतर्फ लाग्नुपर्छ ।’ यस्तै, नेपालमा नर्सिङ पढाई नहुने र भएका नर्स विदेशतर्फ जानेक्रम बढेपछि ५ वर्षपछि नेपालले भारत वा अन्य तेस्रो मुलुकबाट नर्स ल्याउनुपर्ने प्रसाईंले बताए ।
‘अहिले नेपालका शिक्षण अस्पताल बन्द गरेर पढ्न विद्यार्थीलाई बाहिर पठाइरहेका छौं,’ प्रसाईं थप्छन्, ‘अब नेपालमा भएका नर्सलाई पनि बाहिर पठाउँदै छौं । यसपछि, नेपालका सबै अस्पताल बन्द भएपछि बिरामीलाई पनि विदेश पठाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
-
१० बजे १० समाचार : तारकेश्वर जग्गा विवाददेखि विद्या भण्डारीको बढ्दो सक्रियतासम्म