शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सन्यास लिएको १७ दिनमै प्रशिक्षक बने टेभेज

बुधबार, ०८ असार २०७९, १२ : ४३
बुधबार, ०८ असार २०७९

कार्लोस टेभेजले गत जुन ४ मा व्यावसायिक फुटबलबाट सन्यासको घोषणा गरेका थिए । तर त्यसको १७ दिनपछि नै उनी पुनः फुटबलमा फर्किने भएका छन् । उनलाई रोसारियो सेन्ट्रलले आगामी एक वर्षका लागि प्रशिक्षक नियुक्त गरेको हो । 

‘मैले मेरो नम्बर वान फ्यान, मेरो बुवालाई गुमाएपछि खेल्न छाडेको थिएँ । एक दिन उठ्ने बित्तिकै मलाई ‘अब म खेल्दिनँ’ भन्ने लाग्यो । मैले तत्काल मेरो एजेन्टलाई फोन गरेर सो कुरा सुनाए,’ सन्यास लिँदै उनले सो कुरा बताएका थिए । 
यता टेभेजलाई प्रशिक्षक नियुक्त गरेको घोषणा गर्दै रोसारियो सेन्ट्रलले ‘विश्वको सबैभन्दा जोसिलो क्लब’ स्वागत गरेको छ । टेभेजको पहिलो खेल प्रिमियर डिभिजनमा जुलाई २४ मा क्लब डे गिम्नासिया वाई एसग्रिमा डे ला प्लेटासँग हुनेछ  । मार्का डटकमबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप