नेपाल एसबिआई बैंकले ल्यायो धनवृद्धि योजना
बुधबार, ०८ असार २०७९, १२ : २६
नेपाल एसबिआई बैंकले धनवृद्धि योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा २ गुणा तथा १० वर्ष ३ महिनामा ३ गुणा भन्दा बढी प्रतिफल दिने मुद्दती खाता सन्चालनमा ल्याएको हो ।
उक्त खातामा ब्याज सावाँमा पुँजीकृत हुँदै परिपक्वता पश्चात एकमुष्ट रकम भुक्तानी हुनेछ । बैंकले ग्राहकहरुलाई खातामा रहेको सावाँ रकमको ९० प्रतिशतसम्म ऋण दिन सकिनेछ । यो योजना नेपाल एसबिआई बैंकको कुनै पनि शाखाबाट लिन सकिने जनाइएको छ ।
साथै संस्थाको हकमा जम्मा गरेको रकम ७ वर्षमा २ गुणा तथा ११ वर्ष ३ महिनामा ३ गुणा हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा