आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

निर्माण कम्पनीको लापरबाहीले सिमरा विमानस्थलको धावनमार्ग जोखिममा

बुधबार, ०८ असार २०७९, १२ : ०३
बुधबार, ०८ असार २०७९

छिटो काम सक्ने बहानामा निर्माण कम्पनीले सिमरा विमानस्थलको धावनमार्ग मर्मतमा लापरबाही गर्न थालेपछि रनवे जोखिममा पर्ने भएको छ । 

नियमनकारी निकायको बेवास्ताका कारण निर्माण कम्पनीले अटेर गरी काम सक्न पानी परिरहेकै अवस्थामा रनवेको सूचक चिन्ह पेन्टमाथि नै अस्तर लगाएर धमाधम कालोपत्रे गरेपछि रनवे जोखिम पर्ने भएको हो । 

१० करोडमा ठेक्का सम्झौता गरेको सप्तकोसी जलाधार प्रालिले गत २४ जेठदेखि १२ असारभित्र विमानस्थलको ११ सय ९० मिटर धावनमार्ग कालोपत्रे गर्ने जिम्मा पाएको छ ।

पानी परेकै बेला गरिएको रनवेको २५ मिटर कालोपत्रेको लेबल नमिलेको र ज्वाइन्ट तलमाथि परेको छ भने क्रंकिट र पिचको मिश्रणसमेत छुटेको छ । दिउँसो १ देखि बिहान ५ बजेसम्म काम नभएको समयमा गरिने मर्मत हेर्न नागरिक उड्ययन प्राधिकरणले चारजना छुट्टै प्राविधिक टोलीलाई जिम्मा दिएको छ । 

सप्तकोशी जलाधारले पेटी ठेकेदारको रूपमा पप्पु कन्स्ट्रक्सनलाई प्रयोग गरेपछि रनवेको मर्मत कमजोर बन्ने अनुमान गर्न थालिएको छ । प्राधिकरणका इन्जिनियर स्मिता पुन्जालीले पानी परेका बेला काम रोक्ने गरेको बताउँदै मर्मतकै चरणमा भएका त्रुटिपूर्ण काम सच्याउँदै लैजाने बताए । हाल सिमरा-काठमाडौं हवाई उडान बिहान ६ देखि दिउँसो १ बजेसम्म चारवटा कम्पनीले ५ देखि ६ वटा मात्रै उडान भर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप