बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अछतेदेखि बिहुँ नरेठाटीसम्म सुरुङमार्ग अध्ययन हुँदै

बुधबार, ०८ असार २०७९, ११ : २७
बुधबार, ०८ असार २०७९

मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गतको बागलुङ खण्डमा सुरुङमार्ग बनाउन अध्ययन थालिने भएको छ । लोकमार्ग बागलुङको काठेखोला स्थित अछतेदेखि बिहुँ गलकोटको नरेठाटी सम्मको सुरुङ मार्ग अध्ययन गरिने भएको छ । यसका लागि संघीय सरकारले रु। ५० लाख बजेट समेत विनियोजन गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्ग अध्ययनका लागि रु। ५० लाख रकम विनियोजन गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि २४  नयाँ सुरुङ सम्भाव्यताका लागि नयाँ आयोजना छनोट गरेको छ  । ती मध्ये मध्यपहाडी लोकमार्गको अछेते–गलकोट खण्डको सुरुङमार्ग समावेश भएको हो । 

गत फागुनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पौडेलले योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलसँग छलफल गरी बागलुङको अछेत–बिहुँ देखि गलकोटको नरेठाटीसम्मका लागि सम्भाव्यता अध्ययनका लागि योजनामा समावेश गरिदिन आग्रह गरेका थिए ।  आगामी आर्थिक वर्षमा सम्भाव्यताको काम अगाडी बढ्ने उनले जानकारी दिए । अछेते, बिहुँ घोडाँबाधे, नरेठाँटी हुँदै गलकोट पुगेको सडकमार्गमा शुरङमार्ग बनाउदा यात्रा बरिब डेढ घण्टा यात्रा छोट्टिनेछ । 

विषालु च्याउ खाँदा चार जना बिरामी

बागलुङको ताराखोला गाउँपालिकामा विषालु च्याउ खाँदा चार जना बिरामी परेका छन् । पहिचान नखुलेको विषालु च्याउ खाँदा ताराखोला गाउँपालिका–५ माटेविसौनाका मनकुमारी घर्ती, गमबहादुर घर्ती, दमबहादुर घर्ती र पाहुना बसेका म्याग्दी रुम घर भएका रविन रोका बिरामी भएका छन् ।

घाइतेको गलकोट ‘इमर्जेन्सी पोलिक्लिनिक’ हटियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । हिजो बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेपछि आज बिहान ३ बजे उपचारका लागि हटिया ल्याइएको छ । उनीहरूको स्वस्थ्य अवस्था मध्यम रहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप