बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हेडफोनले विश्वभरीका मानिस बहिरोपनको शिकार भइरहेछन्, फ्रान्समा २५ % जनसंख्या प्रभावित

बुधबार, ०८ असार २०७९, ११ : १५
बुधबार, ०८ असार २०७९

फ्रान्सको नेशनल इन्स्टिच्युट अफ हेल्थ एण्ड मेडिकल इन्स्टिच्युटको अनुसन्धानमा फ्रान्समा चारमध्ये एक व्यक्तिमा श्रवण सम्बन्धि समस्या भइरहेको पत्ता लागेको छ । उनीहरु क्रमशः बाहिरोपनको शिकार भइरहेका छन् । अर्थात्, यहाँको २५ प्रतिशत जनसंख्या यसबाट प्रभावित भइरहेका छन् ।

डिप्रेशन र हल्लाका कारण मानिसहरु भइरहेछन् बहिरोपनको शिकार

फ्रान्समा पहिलो पटक यस्तो खालको व्यापक अनुसन्धान गरिएको हो । यसमा १८ देखि ७५ वर्षको उमेरका १,८६,४६० व्यक्तिलाई समावेश गरिएको थियो । अनुसन्धानकर्ताले सुरुमा सानो परिमाणमा अनुसन्धान गरिएको स्वीकार्दै यसपटक गरिएको अनुसन्धान अनुसार मानिसहरुमा श्रवण शक्ति गुम्नुका कारणमा जीवनशैली, सोसल आइसोलेशन वा डिप्रेशन अथवा ठूलो आवाजको सम्पर्कमा आएका कारण भइरहेको जानकारी दिए ।

सन् २०५० सम्म २५० करोड मानिसको श्रवण शक्ति गुम्ने खतरा

अनुसन्धानमा पाइए अनुसार केही मानिसको सुगर वा डिप्रेशनका कारण श्रवण शक्ति गुमिरहेको छ । यस्तै केही मानिसहरुलाई एक्लोपन, शहरको कोलाहल र हेडफोनको प्रयोगका कारण यस्तो समस्या भइरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरी लगभग १५० करोड मानिसमा कुनै न कुनै रुपमा  श्रवण सम्बन्धि समस्या देखिएको छ । यो संख्या सन् २०५० सम्म बढेर २५० करोड हुने सम्भावना छ । त्यसैले यसलाई स्वास्थ्य समस्याको रुपमा हेरिएको छ ।

फ्रान्समा ३७ प्रतिशत मानिसले मात्रै गर्छन् ‘हियरिङ एड’ (श्रवण यन्त्र) को प्रयोग

फ्रान्समा ३७ प्रतिशत मानिसले मात्रै ‘हियरिङ एड’ को प्रयोग गर्छन् । धुम्रपान गर्ने मानिस र उच्च बडी मास इन्डेक्स (बीएमआई) भएका मानिसले पनि हियरिङ एडको कमै प्रयोग गरिरहेका छन् । बढ्दो समस्यालाई मध्यनजर गर्दै पछिल्लो वर्ष फ्रान्सको स्वास्थ्य विभागले निःशुल्क श्रवण यन्त्र उपलब्ध गराएको थियो । श्रवण यन्त्रका लागि बीमाको प्रावधान पनि लागू गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप