बुधबार, १२ असार २०८१
ताजा लोकप्रिय

शंखरापुरमा टिपरको ठक्करबाट महिलाको मृत्यु

बुधबार, ०८ असार २०७९, ११ : ११
बुधबार, ०८ असार २०७९

 काठमाडौंको शंखरापुर नगरपालिका–१ स्थित देउराली भन्ज्याङमा टिपरको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । मंगलबार राति ९ बजे सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ फटकसिला घर भएकी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको प्रहरी प्रभाग साँखुले जनाएको छ ।

प्रदेश–३ ०१–००६ ख ३४७४ नम्बरको टिप्पर चालकलाई प्रहरीले मेलम्चीमा पक्राउ गरेर काठमाडौं ल्याएको छ । पक्राउ पर्नेमा टिपर चालक रामेछापको मन्थली नगरपालिका–१४ घर भएका सुमन तामाङ छन् । चालकलाई सवारी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप