दोर्दी खोलाको आईपीओ बाँडफाँट
![दोर्दी खोलाको आईपीओ बाँडफाँट](https://rpcdn.ratopati.com/media/albums/ipo_anOmzIQ4PZ.jpg)
दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ ८ असार बुधबार बाँडफाँट भएको छ । यसमा गोला प्रथामार्फत दुई लाख एक हजार ९८६ जना सर्वसाधारण लगानीकर्ताहरूले सेयर पाएका छन् ।
जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा कुल १४ लाख ७१ हजार ६६५ ले आवेदन दिएकामा ८८२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ ।
दोर्दी खोलाले २६ देखि ३१ जेठसम्म कुल २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो । जसमध्य एक लाख नौ हजार ७७५ कित्ता सामूहिक लगानी कोष र ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी
-
पप गायक विष्टको गीतमा ४० वर्षपछि ‘श्रव्यदृश्य’
-
नेपाललाई चिनाउने प्रभावकारी माध्यम चलचित्र हो : सञ्चारमन्त्री शर्मा
-
नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा रसाइली
-
काठमाडौँ महानगरपालिकाले लोकल मदिरालगायतका पेय पदार्थको ब्राण्डिङ गर्ने
-
सहकारी क्षेत्रमा असुरक्षा बढेको भन्दै गृहमन्त्रीलाई ध्यानाकर्षण