‘डन ३’ मा शाहरुख र अमिताभ
बलिउडको लोकप्रिय फिल्म ‘डन’को तेस्रो भाग निर्माण हुने भएको छ । फिल्ममा अमिताभ बच्चन र शाहरुख खान सँगै देखिनेछन् । फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्ट सिक्वेलका लागि योजना बनाइरहेको छ । जसका लागि फरहान स्क्रिप्टको काममा जुटिसकेका छन् ।
‘केही समययता एक्सेल कथावस्तुको अभाव भएपछि ‘डन ३’ बनाउने या नबनाउने भन्ने विषयमा अन्योलमा थियो । तर, अहिले उसले एउटा गज्जबको कथा फेला पारेको छ । त्यसकारण फिल्मका लागि तयारी पनि त्यसै अनुसार सुरु भइसकेको छ’, फिल्म निकट स्रोतले भनेको छ ।
अहिले फरहानले स्क्रिप्ट लेखिरहेकाले स्क्रिप्ट लक हुनासाथ उनले यो कथा शाहरुखलाई सुनाउनेछन् । यसपटक फिल्ममा निर्माताले रणवीर सिंहलाई पनि समेट्ने योजना बनाएका छन् ।
चन्द्रा बरोटद्वारा निर्देशित एक्सन—थ्रीलर फिल्म ‘डन’ सन् १९७८ मा रिलिज भएको थियो । यो फिल्ममा अमिताभका अलावा जीनत अमान, प्राण र इफ्तेखारले प्रमुख भूमिका निभाएका थिए । यो फिल्मको कथा मस्ट वान्टेड डनको वरपर घुमेको थियो । जसमा अमिताभले डनको भूमिका निभाएका थिए । उनको दोहोरो भूमिका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै