लुकाकुलाई अनुबन्ध गर्ने इन्टर मिलानको निर्णय
बुधबार, ०८ असार २०७९, ०६ : ३८

इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई अनुबन्ध गर्ने भएको छ । इन्टरले लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गर्ने भएको हो ।
लुकाकुलाई इन्टरले ८ मिलियन युरोमा लोनमा अनुबन्ध गर्न लागेको जनाएको छ । लुकाकु गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा चेल्सीमा पुनस् अनुबन्धित भएका थिए ।
लुकाकुले एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म उनले १ सय ६६ खेलमा ८७ गोल गरेका थिए । सन् २०१७ मा म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका लुकाकुले सो क्लवबाट ९६ खेल खेल्दै ४२ गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वनाममा चैत १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल
-
अर्थ मन्त्रालयद्वारा आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनका लागि समिति गठन
-
बैंकर्स संघको आश्वासन, ‘बैंकका कर्मचारीको ट्रेड युनियन अधिकार गुम्दैन’
-
एक घण्टामा ४४ लाखभन्दा बढीले हेरे सलमानको सिकंदरको टिजर
-
‘संविधान संशोधनमा महिलाका मुद्दा समावेश गरिनै पर्छ’
-
नाडाले भन्यो– राष्ट्र बैंकले सरकारको नीतिलाई उपेक्षा गर्यो