शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘डन ३’ को तयारी सुरु, शाहरुख र अमिताभसँगै देखिन सक्ने

बुधबार, ०८ असार २०७९, ०५ : ५५
बुधबार, ०८ असार २०७९

बलिउडको चर्चित फिल्म ‘डन’ को तेस्रो पार्ट बन्ने भएको छ । मिडिया रिपोर्टका अनुसार यो फिल्ममा अमिताभ बच्चन र शाहरुख खान सँगै देखिन सक्नेछन् । फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्टले यसको सिक्वेल बनाउने योजना बनाएको छ । यससँगै फरहानले स्क्रिप्टमा पनि काम गर्न थालेका छन् ।

फिल्मसँग नजिक रहेको स्रोतले भन्यो, ‘डन एक्सेलमा सबैको नजिकको विषय हो । टोलीले केही समयदेखि ‘डन ३’ बारे सोचिरहेको थियो तर राम्रो स्क्रिप्ट नहुँदा पटक–पटक छाड्दै आएको थियो । तर अब टोलीले अन्ततः एउटा विषय फेला पारेको छ जुन रोमाञ्चक छ र फ्रान्चाइजलाई अर्को स्तरमा लैजानेछ।’

स्रोत भन्छ, ‘फरहानले फिल्मको स्क्रिप्ट लेख्न थालिसकेका छन् । पटकथा लक भएपछि उनले शाहरुखलाई कथा सुनाउनेछन् । यस पटक फिल्ममा रणवीर सिंह पनि निर्माताको सूचीमा छन्, तर उनी यसमा अमिताभ र शाहरुखलाई हेर्न चाहन्छन्।’

चन्द्र बारोट निर्देशित एक्सन थ्रिलर फिल्म ‘डन’ सन् १९७८ मा रिलिज भएको थियो । यस फिल्ममा बिग बी बाहेक जीनत अमान, प्राण र इफ्तेखारको महत्त्वपूर्ण भूमिका थियो । यस फिल्मको कथा एक मोस्ट वान्टेड डनको वरिपरि घुमेको छ, जसको भूमिका अमिताभ बच्चनले गरेका थिए । यसमा उनी दोहोरो भूमिकामा थिए । चन्द्र बारोट र नरिमन इरानीभन्दा पहिले, कोही पनि सलीम-जावेदबाट डनको स्क्रिप्ट किन्न तयार थिएनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप