
कर्माले फर्काए कमल थापालाई जवाफ

अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले पछिल्लो समय चुनावमा बेहोरेको हारको जवाफ फर्काएका छन् । सोमबार एन्फा अध्यक्षमा गणेश थापाको सहयोगमा भएको प्यानलसँग पराजित भएका शेर्पाले कमल थापालाई फेसबुक मार्फत जवाफ फर्काएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘पञ्चायतमा मण्डले, बहुदलमा मन्त्री हुन सांसद खरिद र हेरफेरको नाइके अनि गणतन्त्रमा हिन्दूराज्य र राजतन्त्रको नाममा राजनीति । अहिले आएर राजेन्द्र लिङ्देनसँग सभापतिमा हारेपछि राजतन्त्र असम्भव भन्ने, आफ्नो स्वार्थ अनुकुल हिँड्ने मनुले मलाई फुटबलमा राजनीति गर्यो भन्नलाई कति सान्दर्भिक छ समयले बताउला ।”
शेर्पाले ‘कमल थापाको पेशा राजनीति होइन र ?’ भनी प्रश्न गर्दै आफूले फुटबलमा राजनीति गरेको भन्ने थापाको भनाइको जवाफ मा भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले शेर्पाले फुटबललाई राजनीतिकरण गरेको पहिले आरोप लगाएका थिए । अहिले थापाले रोजेको व्यक्ति नै नेपाली फुटबलमा आएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ