बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा प्रकोपबाट क्षति भएका पशुपंक्षिका लागि ८ लाख राहत

मङ्गलबार, ०७ असार २०७९, २२ : १७
मङ्गलबार, ०७ असार २०७९

जुम्लामा प्राकृतिक प्रकोपबाट क्षति भएका पशुपक्षीको लागि राहात वितरण गरिने भएको छ । सोमबार जिल्ला स्तरीय राहात वितरण समितिको बैठकमा प्रदेश सरकारबाट प्राप्त भएको राहात कार्यविधि अनुसार ८ लाख उपलब्ध गराइने भएको हो  ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई र प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख गौरी नन्द आचार्यको प्रमुख आतिथ्यमा बसेको जिल्ला स्तरको बैठकले पशुसेवा तथा पशुअस्पताल कार्यालय जुम्लाले कार्यविधि अनुसार तयार पारेको राहात उपलब्ध गराउने निर्णय भएको छ  ।

त्यस्तै पशुसेवा तथा पशुअस्पताल कार्यालय जुम्लाले आर्थिक वर्ष २०७८/०७९ मा गत २०७८ साउनदेखि हालसम्म क्षति भई प्रहरीको मुचुल्का अनुसार पुष्टि भई आएका भेडा, पाठापाठी, बाख्रा खसी, गाईगोरु, कुखुरा, माछा पोखरीको क्षतिमा पाउने राहात जानकारी गरेको थियो ।

त्यस्तै कार्यालय प्रमुख गोविन्द बहादुर महतले प्रस्तुत गर्नुभएको राहात मापदण्ड अनुसार कार्यालयलाई आएको नौ लाख मध्य आठ लाख बितरण गर्ने निर्णय भएको छ । एक लाख भने असार अन्तिम सम्ममा केही क्षति भएमा वितरण गरिने भएको छ । 

कार्यालय प्रमुख महतका अनुसार २०७८ कार्तिक २ गते प्राकृतिक प्रकोपले सवैभन्दा बढी क्षति भएका तातोपानी गाउँपालिका वडा नम्बर ७ का किसानका भेडाको क्षति भने संघीय सरकारले राहात दिने भएको छ ।  ताम्ति क्षेत्रका ९ जना किसानका १ सय ४३ भेडा अविरल वर्षा र बाढीले बगाएर नष्ट भएका थिए । त्यस्तै बैठकमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले किसानलाई सानो राहात भएपनि उपलब्ध हुने भएकोमा राम्रो भएको बताए ।

प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले लामो समय देखिको प्रयासमा किसानले पाउने पशुपक्षीको राहतका लागि निर्णय भएको र चाडै खातामा हाल्न कार्यालयलाई निर्देशन गरे । पशु अस्पताल तथा पशुसेवा कार्यालयले गत आर्थिक बर्षमा रु १४ लाख राहात बितरण गरिएको जानकारी गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप