सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

आगलागीमा परेर वृद्धाको मृत्यु

मङ्गलबार, ०७ असार २०७९, २१ : ५५
मङ्गलबार, ०७ असार २०७९

सङ्खुवासभाको चैनपुर नगरपालिकामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । चैनपुर नगरपालिका–११ की ८६ वर्षीया मनमाया मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । 

आगोबाट जलेर घाइते भएकी मगरको उपचारका  क्रममा जिल्ला अस्पताल सङ्खुवासभामा मृत्यु भएको हो । खाना पकाउने क्रममा उनको लुगामा आगो सल्किएको थियो । उनी घरमा एक्लै बस्दै आएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप