सिकलसेलका गर्भवती महिलामा मृत्युको जोखिम उच्च
सिकलसेल एनिमिया भएका गर्भवती महिलाको मृत्यु हुने जोखिम उच्च देखिएको छ । सिकलसेल एनिमिया भएका गर्भवतीमा गरिएको अध्ययनले उनीहरुको ज्यान जाने जोखिम उच्च रहेको देखाएको हो ।
भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल एनिमिया विज्ञ डा राजन पाण्डेले अन्य गर्भवतीको भन्दा सिकलसेल एनिमिया भएका गर्भवतीको मृत्युदर २२ भन्दा बढी रहेको जानकारी दिए । उनले प्रायजसो पश्चिम नेपालका थारु समुदायमा देखिएको सिकलसेलले थारु समुदायलाई आक्रान्त पारेको बताए ।
उनले देशभरका चार हजार थारुलाई सिकलसेल एनिमियाको समस्या देखिएको जानकारी दिँदै उपचार तथा परामर्शका लागि भेरी अस्पताल आउने थारु समुदायको सङ्ख्या धेरै भएको बताए । भेरी अस्पतालमा मात्र ८९४ बिरामी नियमितरूपमा जाँच तथा परामर्शका लागि आउने गरेको बताइएको छ । बाँकेको कोहलपुर नगरपालिका, राप्ती सोनारी र बैजनाथ गाउँपालिकामा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या धेरै भएको उनले उल्लेख गरे । राप्ती सोनारी गाउँपालिका–४ मा ३७३ को सिकलसेल परीक्षण गर्दा १७ प्रतिशत अर्थात् ६३ मा सिकलसेल पुष्टि भएको उनले बताए ।
उनले सिकलसेल रोगको निदान गर्न सचेतना, परामर्श तथा बच्चा जन्मिने वित्तिकै परीक्षण गर्नुपर्ने औँल्याए । “नवजात शिशुलाई दादुरा खोपसँगै सिकलसेल एनिमिया रोगको पनि परीक्षण अनिवार्य गरिनुपर्छ”, डा पाण्डेले भने । उनले थारु समुदायका सर्वसाधारणमा सिकलसेल समस्या बढी देखिए पनि अन्य जातजातिका बिरामीमा पनि यो रोग देखिएको बताए । “विशेषगरी थारु समुदायमा यो रोगको समस्या छ, तर अन्य जातजातिका बिरामी पनि फाटफुट फेला परेका छन्”, उनले भने । पछिल्लो समय थारु समुदायमा थाल्सेमियाको समस्या पनि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
-
एसईई र कक्षा १२ : परीक्षाका असङ्गत र अमर्यादित पक्षहरू
-
बागमती प्रदेश : प्रदेश मामिला समितिको सभापतिमा लामा चयन
-
प्रधानमन्त्रीलाई कोइरालाको प्रश्न: कति पटक विश्वासको मत लिनुहुन्छ ?
-
साताको सेयर बजार : परिसूचकसँगै बढ्यो कारोबार
-
माधवको प्रचण्डलाई व्यङ्ग्य, ‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ’