बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

जिसस हुम्लाको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित

मङ्गलबार, ०७ असार २०७९, २० : ५०
मङ्गलबार, ०७ असार २०७९

जिल्ला समन्वय समिति हुम्लाको प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का शिवराज शर्मा सहितको टोली निर्विरोध निर्वाचित भएको छ ।

आजका लागि तोकिएको निर्वाचनमा नेकपा एमालेलगायतका अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि सत्ता गठबन्धनका उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।

निर्विरोध निर्वाचितले आजै पद तथा गोपनियताको शपथ समेत लिएका छन् । जिल्ला समन्वय समिति हुम्लाको प्रमुख, उपप्रमुखलगायत सबै सात पदमा निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्विरोध निर्वाचित नेकपा एकीकृत समाजवादीका शिवराज शर्मा, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दलु फडेरा रहेका छन् ।

त्यसैगरी, सदस्यहरूमा नेपाली काँग्रेसबाट सरिता रावत, दीप भण्डारी, कर्णबहादुर शाही र धीरबहादुर सिंह निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, नेकपा माओवादी केन्द्रबाट चुदी जाङ्मु तामाङ,  कर्ण दमाईलगायत विजयी भएका छन् ।  यसअघि जिसस पदाधिकारीको निर्वाचनका लागि तीन दलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप