शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मूल्यवृद्धिको विरोधमा युवक संगठन नेपालले निकाल्यो राँके जुलुस (तस्बिरहरु)

मङ्गलबार, ०७ असार २०७९, २० : ४०
मङ्गलबार, ०७ असार २०७९

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राप्रपा निकट भ्रातृ संगठनले हेटौंडामा राँके जुलुस निकालेको छ । राप्रपाको भ्रातृ संगठन नेपाल युवक संगठन मकवानपुरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा मंगलबार हेटौंडाको कान्तिराजपथदेखि सिमाचोकसम्म्म राँके जुलुससहित प्रदर्शन गरेको हो ।

हेटौंडाको कान्तिराजपथबाट निकालेको राँके जुलुस बुद्ध चोक हुँदै सिमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । संगठनले राँके जुलुससहित पेट्रोलियम पदार्थ मूल्यवृद्धि तत्काल फिर्ता लिन, कालोबजारी र घुसखोरिलाई कारवाही गर्न माग गर्दै नाराबाजी गरेका थिए । सरकारले सोमबारबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप