आयोग गठन गरेर आरक्षबाट विस्थापितहरुको समस्या समाधान गर्छौं : एनपी साउद
नेपाली काँग्रेसका नेता एनपी साउदले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (पुरानो वन्यजन्तु आरक्ष) बाट विस्थापितहरुको समस्या समाधान गर्ने आश्वासन दिएका छन्। मंगलबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा नेता साउदले नयाँ आयोग गठन गरेर समस्या समाधान गरिने बताएका हुन्।
‘जति पनि शिविर छन्, शिविरका लागि कार्यक्रम ल्याउँछौं । आरक्षको समस्या हामी समाधान गर्छौं। आरक्षको आयोग हामी गठन गर्छौं। यही सरकारले गठन गर्छ,’ उनले भने, ‘आरक्ष आयोग गठन गरेर सरकारले समस्या समाधान गर्छ।’
नेता साउदले सुकुम्बासीलाई भूआयोगमार्फत जग्गा दिने पनि बताए। ‘जिल्लाभित्र भूमिहीनलाई आयोगमार्फत लालपुर्जा पनि वितरण गर्छौं। यही सरकारले जग्गा दिन्छ,’ उनले भने। उनले भ्रष्टाचार नगर्न र जनताको पक्षमा अनुशासित भएर वास्तविक काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिए । पुराना तिक्तता मेटाई पार्टीमा एकता गरेर अघि बढ्न नेता कार्यकर्तालाई साउदको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धाराबाट पानी नआएपछि तुलसीपुरमा ट्याङ्करबाट वितरण
-
राष्ट्रिय सभामा विनियोजन विधेयक प्रस्तुत गरिँदै
-
असार १५ : हिलो, हाँसो र आशाको पर्व
-
आयातित चामलको भरमा कति दिन चल्ला हाम्रो भान्सा ?
-
भूकम्पको पाँचौँ दिन पनि चमत्कारिक उद्धार : दुई बालकसहित ३३ जनालाई सुरक्षित निकालियो
-
उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण