मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सेन्ट लरेन्स कलेजका को–अर्डिनेटर र शिक्षक पुर्पक्षका लागि थुनामा

मङ्गलबार, ०७ असार २०७९, १९ : ३५
मङ्गलबार, ०७ असार २०७९

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका को–अर्डिनेटर र एक शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् । चाबहिलस्थित सेन्ट लरेन्स कलेजका को–अर्डिनेटर र एक शिक्षक जेल चलान भएका हुन् ।  

मंगलबार जिल्ला अदालत काठमाडौंले शिक्षक काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ का ५१ वर्षीय राजन कुमार पौडेल र कलेजका को–अर्डिनेटर काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ घर भइ हाल काठमाडौं कागेश्वरी मनोहरा नगपालिका–८ बस्ने ४७ वर्षीय जनार्दन अधिकारीलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो । 

कलेजमा अध्ययनरत केही छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै उनीहरुविरुद्ध विद्यार्थी आन्दोलित भएका थिए । उनीहरुविरुद्ध पीडितका अभिभावकले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए । ​उनीहरुलाई पुर्पक्षको लागि डिल्लीबजार कारागारमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

कलेजका विद्यार्थीलाई शिक्षक अधिकारीले ‘आफू श्रीमतीबाट सन्तुष्ट नभएको’ बताउँदै यौन सम्बन्ध राख्ने प्रस्ताव गरेको विद्यार्थीहरुले सार्वजनिक गरेका थिए । कलेज प्रशासनले कारबाही गर्न नगरेपछि विद्यार्थीहरुले प्रदर्शन नै गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप