सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला समन्वय समिति झापामा एमालेको एकल उम्मेदवारी

मङ्गलबार, ०७ असार २०७९, १९ : ०७
मङ्गलबार, ०७ असार २०७९

जिल्ला समन्वय समिति झापाको समितिमा नेकपा एमालेको एकल उम्मेदवारी परेको छ । जिल्ला समन्वय समितिको प्रमुखमा विश्व वराल, उपप्रमुखमा शान्ता रोक्का र सदस्यहरूमा देवका बस्याल, तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोस सोरेन, जलाल अलि, कपिल काफ्ले र रिता नेपालीको उम्मेदवारी परेको हो । 

जिसस गठनका लागि आज मनोनयन दर्ता र बुधवार दाबी विरोधको कार्यक्रम रहेको थियो । दाबी विरोध नभए सबैजना निर्विरोध निर्वाचित हुने निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा १५ स्थानीय तहमा एमालेको एकल बहुमत जुटेको छ । जिल्ला समन्वय समिति ९ सदस्यीय हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप