ad
x

अर्थमन्त्री शर्माले गरे विश्व बैंकको क्षेत्रीय कार्यालय उद्घाटन, श्रीलंकाबाट नेपालमा सर्यो

person explore access_timeअसार ७, २०७९ chat_bubble_outline0

अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित पुननिर्माणपछि तयार भएको विश्व बैंकको नयाँ क्षेत्रीय कार्यालयको उद्घाटन गरेका छन् । कार्यालयको उद्घाटनपछि श्रीलंकामा अवस्थित उप–क्षेत्रीय कार्यालय विधिवत् रुपमा नेपालमा सरेको छ ।


अब यही कार्यालयबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको कार्य सञ्चालन हुनेछ । नयाँ क्षेत्रीय कार्यालयको उद्घाटन गर्दै अर्थ मन्त्री शर्माले नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि भरपर्दो  साझेदारका रुपमा रहिआएको बताए । सन् १९६९ मा विश्व बैंकबाट पहिलो पटक १७ लाख अमेरिकी डलर बराबरको सहयोग लिएकोमा हाल विश्व बैंकको वित्तीय सहयोगमा संचालित २५ आयोजनाहरुमा करिब ३ अर्ब अमेरिकी डलर बराबरको प्रतिबद्धता प्राप्त भइसकेको छ ।



कार्यालयको बिस्तार र स्तरोन्नतीसँगै संस्थामा काम गर्ने कर्मचारीको जिम्मेवारी पनि बढ्ने मन्त्री शर्माले विश्वास व्यक्त गरेका थिए । ‘विश्व बैंकले वित्तीय स्रोतलगायत ज्ञान, अनुभव र विश्वव्यापी असल अभ्यास पनि आदान प्रदान गर्छ । विश्व बैंक अनुभवी र विषय विज्ञले भरिएको संस्थाका रुपमा चिनिँदै आएको छ’ उनले भने, ‘त्यसको लाभ नेपालले पनि लिने विश्वास गरेको छु ।’



विश्व  बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले सन् २००७ देखी नेपालमा काम सुरु गरेको र यसले निजी क्षेत्रको सहयोग तथा सहजीकरण गर्ने भएकाले नेपालका निजी क्षेत्र समेत लाभान्वित हुने विश्वास लिएको मन्त्री शर्माले बताए । नयाँ क्षेत्रीय कार्यालय अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भई निर्माण सम्पन्न गरेको विश्व बैंकले जनाएको छ । 







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।