बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

पारिश्रमिक नपाएको भन्दै रुकुमका पत्रकारहरू आन्दोलनमा

मङ्गलबार, ०७ असार २०७९, १८ : २६
मङ्गलबार, ०७ असार २०७९

रुकुम पश्चिममा पारिश्रमिक नपाएको भन्दै पत्रकारहरू आन्दोलित भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिकाबाट सञ्चालनमा रहेको रेडियो नयाँ नेपालले पारिश्रमिक नदिएको भन्दै पत्रकारहरू श्रमजीवी-पत्रकार संघ र नेपाल संघर्ष समितिको नाममा आन्दोलित भएका हुन् ।

पहिलो चरणको आन्दोलन अन्तरगत आज विरोध र्याली निकालिएको हो । नगरपालिकाको राडी बजारमा पिडित पत्रकारहरुले र्याली निकालेका हुन् । श्रमजीवी-पत्रकार संघ, नेपालको अगुवाइमा भएको आन्दोलनमा नेपाल पत्रकार महासंघ र विभिन्न पत्रकार संघ संगठनहरुले पनि ऐक्यवद्धता जनाएका छन् । विरोध र्‍यालीमा पिडित पत्रकारसहित जिल्लास्थित अन्य पत्रकारहरुको सहभागिता रहेको थियो । राडी बजार परिक्रममा गरेर र्याली रेडियो नयाँ नेपाल अगाडि पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा बोल्दै पिडित पत्रकारहरुले आफुहरुले पाउनुपर्ने पारिश्रमिक तत्काल उपलब्ध गराउन रेडियो प्रशासन तथा संचालक समितिसँग माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप