बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हामीले तमासा गर्दा स्वतन्त्रहरु अगाडि आए : आरजु देउवा

मङ्गलबार, ०७ असार २०७९, १८ : २०
मङ्गलबार, ०७ असार २०७९

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले स्थानीय तहका जनप्रतिनिधिलाई जनताको पक्षमा काम गरे पार्टीप्रति जनविश्वास बढ्ने बताएकी छिन् । नेपाली काँग्रेस पर्वतद्वारा आयोजित स्थानीय जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमा उनले सुरुवातदेखि नै राम्रो काम गर्नुपर्ने बताइन् । 

‘विहानीले दिनको संकेत गर्छ भने झै तपाईहरुले सुरुमै राम्रो काम थाल्नुपर्छ,’ उनले भनिन्, ‘यसले पार्टीप्रति जनविश्वास पढ्छ । हरेक दिन सकारात्मक सोच्नुस् । सकारात्मक उर्जा निकाल्नुस् । हामीले देश बनाउने हो ।’ उनले जनता र पार्टीका सार्थीहरुको सम्बन्धन सँगसँगै लिएर अगाडि बढ्न उनले आग्रह गरिन् । ‘राम्रो काम गरेर अवार्ड पाएका साथीहरु पनि चुनाव हार्नुभयो । काम मात्र गरेर पार्टीका साथीहरुसँग सम्बन्धन कायम राख्ने च्यानल बनाउन नसक्दा चुनाव हारिदोरहेछ । जनताको काम र पार्टीसँगको सम्बन्ध सँगैसँगै लिएर जानुपर्छ ,’ देउवाले भनिन् ।

नेतृ देउवाले पार्टीभित्र तमासा हुँदा स्वतन्त्रहरु अगाडि आएको बताइन् । ‘हाम्रो तमासले गर्दा स्वतन्त्र अगाडि आए । आफू–आफू झगडा गरेपछि अरुले फाइदा लिन्छ,’ उनी भन्छिन्, ‘हामी मिल्नुपर्छ । भोलि चुनावमा जित्ने कुरा गरिरहेका छौं । त्यसका लागि घर बलियो बनाउनुपर्छ ।’ 

यस्तै उनले राजनीति सबैसँग गर्नुपर्ने भन्दै मन पर्नेसँग त माया मात्र गरिने बताइन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी उनले भनिन्, ‘शेरबहादुर देउवाजीसँग बिहे गरेपछि मैले कोठाको झिँगा जस्तै ठान्थेँ । ठूलो ठूलो घटनाक्रम हेर्थेँ । तर त्यसमा कमेन्ट गर्ने मेरो हैसियत थिएन । मैले गर्ने कुरा पनि भएन ।’

तर मैले २०–३० वर्ष कोठाको झिँगा भएर बस्दा काँग्रेस भए मात्र देश नरहने कुरा बुझेको उनको भनाइ थियो । साथै उनले एकै चोटी काम हुने कल्चर नेपालमा नरहेको बताइन् । ‘एकै चोटी सरकारी काम हुँदै हुँदैन । यो नेपालको कल्चर हो । यसमा म कसैलाई दोष दिन चाहन्नँ ।’ सरकारी कार्यालयमा दिएका ७० प्रतिशत निवेदन हराउने गरेको उनको अनुभव छ । उनले भनिन्, ‘सरकारी कार्यालयमा दर्ता भएका ७० प्रतिशत निवेदन त हराउँछ । मैले दिएका कति निवेदन हराए हराए । सोध्दा आरजु म्याडम निवेदन हरायो भन्नु हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप