शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रवि लामिछानेले पार्टी खोल्दा माओवादी नेताको स्वागत

मङ्गलबार, ०७ असार २०७९, १८ : २०
मङ्गलबार, ०७ असार २०७९

रवि लामिछानेले पार्टी खोलेकोमा माओवादी केन्द्रका युवा नेता हिमाल शर्माले स्वागत गरेका छन् । शर्माले मंगलबार सामाजिक सञ्जालमा युवाहरु राजनीतिमा आउनु स्वागतयोग्य कुरा भएको भन्दै लामिछानेलाई स्वागत गरेका हुन् ।

तर उनले पार्टीको नाम जुनसुकै शब्दावलीमा राखेपनि स्वतन्त्र हुन नसक्ने टिप्पणी गरेका छन् । ‘युवाहरु राजनीतिमा आउनु स्वागतयोग्य कुरा हो ! नेपाली राजनीतिक रंगमञ्चमा यहाँलाई स्वागत छ रवीजी !’, शर्माले भनेका छन्, ‘नयाँ दल दर्ता गरेपछि  पार्टीको नाम जुनसुकै शब्दावलीमा राखे पनि वास्तवमा स्वतन्त्र भने हुदैन ! उक्त पार्टीले  आफ्नो वर्गीय पक्षधरता बोकेको पक्कै पनि हुन्छ १ पार्टीको  कार्यदिशा,रणनीति र कार्यनीति बमोजिम अगाडि बढ्छ !’  

उनले लामिछानेले वर्तमान व्यवस्थालाई बलियो बनाउने भनेर गरेको घोषणाले खुशी लागेको समेत बताएका छन् । ‘यस मानेमा खुशी लागेको छ रगत, पसिना र बलिदानले आर्जेको वर्तमान व्यवस्थालाई नै अझै वलियो बनाउने प्रतिबद्धता जनाउनु भएको छ ! –राष्ट्रिय स्वतन्त्र पार्टीलाई शुभकामना !’, शर्माले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप