रवि लामिछानेले पार्टी खोल्दा माओवादी नेताको स्वागत
रवि लामिछानेले पार्टी खोलेकोमा माओवादी केन्द्रका युवा नेता हिमाल शर्माले स्वागत गरेका छन् । शर्माले मंगलबार सामाजिक सञ्जालमा युवाहरु राजनीतिमा आउनु स्वागतयोग्य कुरा भएको भन्दै लामिछानेलाई स्वागत गरेका हुन् ।
तर उनले पार्टीको नाम जुनसुकै शब्दावलीमा राखेपनि स्वतन्त्र हुन नसक्ने टिप्पणी गरेका छन् । ‘युवाहरु राजनीतिमा आउनु स्वागतयोग्य कुरा हो ! नेपाली राजनीतिक रंगमञ्चमा यहाँलाई स्वागत छ रवीजी !’, शर्माले भनेका छन्, ‘नयाँ दल दर्ता गरेपछि पार्टीको नाम जुनसुकै शब्दावलीमा राखे पनि वास्तवमा स्वतन्त्र भने हुदैन ! उक्त पार्टीले आफ्नो वर्गीय पक्षधरता बोकेको पक्कै पनि हुन्छ १ पार्टीको कार्यदिशा,रणनीति र कार्यनीति बमोजिम अगाडि बढ्छ !’
उनले लामिछानेले वर्तमान व्यवस्थालाई बलियो बनाउने भनेर गरेको घोषणाले खुशी लागेको समेत बताएका छन् । ‘यस मानेमा खुशी लागेको छ रगत, पसिना र बलिदानले आर्जेको वर्तमान व्यवस्थालाई नै अझै वलियो बनाउने प्रतिबद्धता जनाउनु भएको छ ! –राष्ट्रिय स्वतन्त्र पार्टीलाई शुभकामना !’, शर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण