मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्छः मन्त्री गहतराज

मङ्गलबार, ०७ असार २०७९, १८ : ०५
मङ्गलबार, ०७ असार २०७९

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्ने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आगामी प्रदेश र संघीय निर्वाचन छिट्टै तोक्नुपर्ने बताएका हुन् । उनले गठबन्धनलाई भाँड्ने चलखेल भइरहेको पनि बताए । गठबन्धनलाई बचाउन र अहिलेको प्रणालीलाई बचाउनका लागि पनि निर्वाचनको मिति छिटो तोक्नु उपयुक्त हुने उनको भनाइ छ । 

 ‘समग्र गढबन्धनलाई भत्काउने ढंगले, यसलाई भाड्ने ढंगले जुन खालका चलखेल भइरहेका छन् । निर्वाचनको समय पनि आइसकेको छ । अब निर्वाचनमा जाने बेला भइसक्यो त्यसको निर्णय त उपयुक्त समयमा मन्त्रिपरिषद्ले गर्छ । गठबन्धनलाई भाँड्ने चलखेल भइरहेका छन् । गठबन्धनलाई बचाउने, अहिलेको प्रणालीलाई बचाउने, निर्वाचन प्रक्रियालाई खलबल गराउने खालको चलखेल हुन खोज्दैछ । त्यसलाई चिर्नका लागि निर्वाचनको मिति छिटो तोक्नु उपयुक्त हुन्छ’, उनले भने। 

उनले मन्त्री परिवर्तन गर्ने पार्टीहरुको अधिकारको कुरा भएको उल्लेख गर्दै सम्बन्धित पार्टीले चाहेमा कुनैपनि बेला मन्त्री परिवर्तन हुन सक्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप