आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंकबीच वित्तीय कारोबार गर्ने विषयमा सम्झौता

मङ्गलबार, ०७ असार २०७९, १७ : ५०
मङ्गलबार, ०७ असार २०७९

मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक लिमिटेडबीच सम्झौता भएको छ । कार्यगत एकता र आपसी सहयोगलाई निरन्तरता दिँदै दुवै संस्थाबीचको सुमधुर सम्बन्धलाई भविष्यमा थप मजबुत बनाउने उद्देश्यका साथ सम्झौता भएको हो ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंह, रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल र नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका हुन् ।

१३ बुँदे उक्त समझदारी पत्रमा विश्वविद्यालय र बैंक दुवै संस्था बीचको आपसी सम्बन्धलाई वित्तीय कारोबारहरू गर्ने उल्लेख गरिएको छ । जसमार्फत विश्वविद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक÷शिक्षक÷कर्मचारी र विद्यार्थी सम्पूर्णले बैंकद्वारा प्रदान गरिने सेवा सुविधा सहज र सुलभ तवरले प्राप्त हुने अपेक्षा गरिएको उपकुलपति सिंहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप