बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

निकेश राईको म्यूजिक भिडियो सार्वजनिक

मङ्गलबार, ०७ असार २०७९, १७ : ३९
मङ्गलबार, ०७ असार २०७९

गायक तथा संगीतकार निकेश राईको ‘लाहुरे माइला’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘लाहुरे माइला’ पूर्वेली लोकलयमा आधारित गीत हो । गीतको भिडियो अफिसियल युट्युब च्यानल निकेश राईमार्फत् सार्वजनिक भएको छ । राजु कार्कीको एरेन्ज रहेको गीतको भिडियोमा छायाङ्कन किरण राई र सुरेश राई तथा सम्पादन नवीन घर्ती मगरले  गरेका छन् । भिडियोको परिकल्पना पनि निकेश राईकै रहेको छ
मकालु–१, वालुङ, संखुवासभाका निकेशले हालसम्म सय जति गीतमा स्वर दिइसकेका छन् । हालै उनको नयाँ गीत अशोक मुकारुङ र सुनिता संयोगको युगल आवाजमा पनि आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप