शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग

मङ्गलबार, ०७ असार २०७९, १७ : ३८
मङ्गलबार, ०७ असार २०७९

सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा चर्को मूल्यवृद्धि गरेकोप्रति नेपाल यातायात मजदुर स्वतन्त्र संगठनले ध्यानाकर्षण भएको जनाएको छ । असार ५ गते राति १२ बजेदेखि लागु हुनेगरी मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेल प्रलिलिटर १ सय ९२ रुपैया र पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैया निर्धारण गरिएको छ ।

मूल्य वृद्धिपछि पनि नेपाल आयल निगमलाई मासिक ४ अर्ब ७० करोड घाटा हुने देखाउने काम भएको संगठनले विज्ञप्तिमार्फत जनाएको छ । रसिया–युक्रेन युद्धलाई कारण देखाएर अन्य विकल्पहरूको उपयोग नै नगरी निगम सञ्चालक समितिले इन्धनमा गरेको मूल्य बृद्धिले नेपाली जनजीवनमा चौतर्फी असर पारिरहेको विज्ञप्तिमा उल्लेख छ । 

सरकारले बाध्यताको जतिसुकै तर्कहरु पेस गरेपनि यो निर्णय तत्काल फिर्ता लिनुपर्ने संगठनको माग छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप