बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

बेलायतमा तीस वर्षयताकै ठूलो रेल हडताल

मङ्गलबार, ०७ असार २०७९, १६ : ५१
मङ्गलबार, ०७ असार २०७९

बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् । रेलका यात्रुको भीडले मङ्गलबार अराजकताको सामना गर्न सक्ने बताइएको छ ।

हडताल समाप्तिको लागि भएको वार्ता असफल भएको बताइएको छ । यसको अर्थ रेल युनियनका ५० हजारभन्दा बढी सदस्य यस हप्ता तीन दिनको लागि आफ्नू कामबाट बाहिरिएका छन् । 

रेल र लन्डन भूमिगत स्टेशन मङ्गलबार बिहान बन्द, भएपछि  मानिसलाई घरबाट काम गर्न वा अफिसमा वैकल्पिक मार्ग खोज्न बाध्य भएको बताइएको छ ।

लन्डनको बाहिरी भागमा बिहान ०६ बजेपछि बस स्टेशनमा मानिसको भीड पर्खिरहेको थियो । यातायात सचिव ग्रान्ट शाप्सले यस हडतालको निन्दा गरेका छन् । सन् १९७० को खराब पुराना दिनहरुको सम्झना पुनः  आएको  उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप