भारतमा धानको मूल्य बढ्न थालेपछि निर्यात प्रतिबन्धको चर्चा
भारत विश्वमा धान–चामलको सबैभन्दा ठूलो निर्यातक मुलुक हो । समृद्ध मध्यपूर्वी मुलुकहरु साउदी अरब, युएईदेखि विकासोन्मुख अफिकी मुलुकहरु घाना, बेनिनसम्मले भारतकै धान प्रयोग गर्छन् । चीनले समेत केही वर्षदेखि भारतबाट धान आयात गर्न थालेको छ । हाल भारत चीनलाई धान निर्यात गर्ने सबैभन्दा ठूलो एकल मुलुक हो । यस अर्थमा भारतको धान नीतिको असर विश्वभर हुनेछ ।
युक्रेनमा जारी रुसी आक्रमणका कारण विश्वव्यापी खाद्यान्न संकट आउनसक्ने विज्ञहरुले चिन्ता व्यक्त गरिरहेका छन् । भारतले गत महिना गहुँ निर्यात रोकेपछि विश्वभर तरङ्ग आएको थियो । अहिले केही मानिस भारतले विश्वको आधा जनसंख्याको प्रमुख खाद्यान्न धानको निर्यातमा पनि बन्देज लगाउने हो की भनेर भयभित हुन थालेका छन् ।
अमेरिकी कृषि मन्त्रालयले यो वर्ष धानको उत्पादन र माग दुवैले नयाँ विश्व कीर्तिमान छुने प्रक्षेपण गरेको छ । भारतमा पनि धान उत्पादन र उपभोग दुवै बढ्ने विज्ञहरुले अनुमान गरेका छन् । कृषि विज्ञहरु भने भारतको खाद्यान्न उत्पादनको प्रक्षेपण त्यति विश्वसनीय नरहेको बताउँछन् । भारतको खाद्यान्न उत्पादन राम्रो हुन राम्रो झरी पर्नु पर्छ । भारतले विगतमा परिस्थिति प्रक्षेपण अनुसारको झरी नपरेपछि उसको खाद्यान्न उत्पादनको प्रक्षेपण पनि बदलेको दृष्टान्त छ ।
अघिल्लो वर्ष भारतले यो वर्षको लागि गहुँको राम्रो उत्पादन हुने प्रक्षेपण गरेको थियो, जुन गलत ठहरिएपछि अहिले उसले भनाई बदल्यो ।
तर भारतको धान निर्यातकहरुको छाता संगठन ‘अल इण्डिया राइस एक्सपोर्टर एसोसियसन’का कार्यकारी निर्देशक विनोद कौलले धान निर्यातको प्रतिबन्ध हुने सम्भावना नरहेको बताए ।
‘सरकारले अहिले नै त्यस्तै नियन्त्रण लागु गर्ने संकेत गरेको छैन । धान उत्पादनको प्रक्षेपण आशाप्रद रहेको र सरकारको भण्डारणमा पनि हालसम्मकै उच्च धान रहेकाले भारतलाई अहिले नै प्रतिबन्धको आवश्यकता छ जस्तो लाग्दैन ,’ कौलले भने ।
भारतसँग तत्काल ३.३ करोड मेट्रिक टनको धान भण्डार उपलब्ध छ, जुन सन् २०१६ यताकै उच्च रहेको फुड कर्पोरेसन अफ इण्डिया(एफसीआई)को तथ्याकंले देखाउँछ । एफसीआईले किसानसँग खाद्यान्न किनेर सरकारले विपन्नलाई बाढ्न निर्माण गरेको सार्बजनिक वितरण प्रणालीमा भण्डार गर्छ । भारत सरकारले झण्डै ८० करोड मानिसलाई सहुलियतको खाना प्रदान गर्ने गरेको छ ।
गहुँको उत्पादन घटेपछि सरकारले विपन्नलाई अतिरिक्त धान दिन थालेको छ । यसले धान निर्यातमा असर गर्ने नयाँ दिल्लीस्थित एमबेड्कर विश्वविद्यालयकी विकास अर्थशास्त्री दीपा सिन्हा बताउछिन् । भारतमा चामलको मुल्य उलेख्य रुपले बढ्न थालेको छ । मे महिनामा धान चामलको होलसेल मूल्य १५.९ प्रतिशतले बढेको थियो ,जुन बाँकी बजारको महँगी दर भन्दा उच्च हो ।
प्रतिबन्धले खाद्य असुरक्षित मुलुकलाई बढी असर गर्छ
सन् २००८ मा भारतले बढ्दो महँगी नियन्त्रण गर्नको लागि बासमतीबाहेकका धान–चामलको निर्यात प्रतिबन्ध लगाएको थियो । त्यसबेला पनि उसले बासमती चामलको निर्यात भने रोकेको थिएन । लामो दाना हुने र पकाउने बेला बास्न आउने बासमती चामल अन्य चामलभन्दा महगो पर्ने भएको यसलाई बहुसंख्यक भारतीयको पहुँचभन्दा बाहिरको खाद्यान्न मानिन्छ । भारतमा उत्पादन हुने बासमती चामल मुख्यत अरबी मुलुकहरुमा निर्यात हुन्छ ।
सन् २०१० मा बल्ल धान–चालममाथिको निर्यात प्रतिबन्ध हटाइएको थियो । यदी भारतले घरेलु बजारमा धान–चामलको उच्च मुल्य घटाउनको लागि गैर–बासमती चामलको निर्यातमा पुन प्रतिबन्ध लगायो भने खाद्य असुरक्षाको जोखिममा रहेका अफ्रिकी मुलुकहरु सबैभन्दा बढि प्रभावित हुनेछन् ।
‘यदि भारतले धान निर्यातमा कठोर प्रतिबन्ध लागु गर्यो भने भारतबाट धान आयात गर्ने विपन्न मुलुक सबैभन्दा बढि मारमा पर्छन् ,’ इन्टरनेसनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटका विकास रणनीति पल डोरासले बताए ।
चीनले भारतीय चामल किनेर चाउचाउ, चामलको जाँड र जनावरलाई खुवाउने गरेको छ भने उसले उत्पादन गर्ने चामल घरेलु उपभोग गराउँछ । भारतले धान चामलको निर्यात रोक्यो भने चीनले पनि केही कठिनाई बेहोर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन निकुञ्जद्वारा नियम विपरीत काम गर्ने ६५ जनालाई कारबाही
-
१० वर्षीया बालिकाको मृत्युपछि पाकिस्तान भागेर प्रहरीलाई फोन
-
बार अध्यक्ष घिमिरेविरुद्धको अदालतको अवहेलनाको पेसी ३२ औ नम्बरमा
-
बंगलादेशले वेस्ट इन्डिजलाई उसैको घरमा हरायो
-
सुदूरपश्चिम प्रदेश सभा : हिउँदे अधिवेशन चल्ने समयमा बजेट अधिवेशन नै अन्त्य भएन
-
दुर्गा प्रसाईंको मुद्दा न्यायाधीश पोखरेलको इजलासमा पेसी