
आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित

प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । सो प्रस्ताव प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सदनमा पेस गरेका थिए।
यसअघि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको वार्षिक राजश्व र व्ययको अनुमानित बजेट माथिको सैद्धान्तिक छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री आङ्बोले बजेटले प्रदेशको सन्तुलित विकासमा विशेष ध्यान दिएको बताए । उनले दिगो विकास नै प्रदेश सरकारको लक्ष्य एवं उद्देश्य रहेको धारणा राख्दै सरकारले विगतका सरकारका ७० प्रतिशत योजनामा बजेट व्यवस्था गरेको जानकारी दिए ।
आर्थिक वृद्धि दर छ दशमलव ४८ प्रतिशत रहने सरकारको अनुमान रहेको बताउँदै मन्त्री आङ्बोले बजेट हावादारी नभएर वास्तविकताको धरातलमा रहेको जिकिर गरे । बजेट खुला किताब जस्तो पारदर्शी रहेको प्रस्ट पार्दै मन्त्री आङ्बोले बजेटले उत्पादन र उत्पादकत्व बढाउने, निर्यात प्रवद्र्धन गर्ने र आयात घटाउने कुरामा केन्द्रित रहेको बताए ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ