शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

अमेरिकन चेम्बर अफ कमर्सको प्रगति बैठक सम्पन्न

मङ्गलबार, ०७ असार २०७९, १६ : ०५
मङ्गलबार, ०७ असार २०७९

नेपालमा रहेको अमेरिकन चेम्बर अफ कमर्सले  काठमाडौंमा प्रगति बैठक सम्पन्न गरेको छ ।  कार्यक्रममा अध्यक्ष अजित शाहले नोभेम्बरमा एमच्यामको औपचारिक स्थापनादेखि हालसम्मका उपलब्धिहरूबारे चर्चा गरेका थिए । 

यस चेम्बरमा अहिले २८ सदस्यसहित तीन समितिहरु छन् । समितिहरु निर्धारण गर्न एमच्यामले सदस्य र सम्भावित सदस्यहरू बीच सर्वेक्षण गरेको थियो । प्रतिक्रियाको आधारमा समितिहरूले वकालत र नीति, अर्थ र नेटवर्किङमा विभाजन गरिएको छ । समितिले अब विभिन्न समस्याहरूलाई सम्बोधन गर्न र अमेरिकी र नेपाली कम्पनीहरू बीचको सम्बन्धलाई सहज बनाउन काम जारी विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप