बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

११ महिनाको वैदेशिक व्यापार – १७ खर्बको आयात, १ खर्ब ८५ अर्बको निर्यात

मङ्गलबार, ०७ असार २०७९, १६ : ०२
मङ्गलबार, ०७ असार २०७९

चालू आर्थिक वर्षको ११ महिने अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँभन्दा धेरैको आयात भएको छ । भन्सार विभागले जारी गरेको पछिल्लो तथ्यांकअुनसार ११ महिनामा १७ खर्ब भन्दा बढीको आयात भएको हो ।

विभागले आज साउन–जेठ महिनाको तथ्यांक सार्वजनिक गर्दै यस अवधिमा नेपालबाट १ खर्ब ८५ अर्ब रुपैयाँको निर्यात भएको छ । यसअवधिमा नेपालको आयात २७ प्रतिशत र निर्यात ५३ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको ११ महिनाको अवधिमा १३ खर्ब ८३ अर्ब रुपैयाँको आयात भएको थियो । यस्तै, सो अवधिमा १ खर्ब २१ अर्बको निर्यात भएको थियो । जुन, चालू वर्षको ११ महिनाको अवधिमा उल्लेख्यमात्रामा बढेको हो ।

आयात र निर्यात नै बढेपछि यस अवधिको वैदेशिक व्यापार पनि बढेको छ । गत वर्ष ११ महिनामा १५ खर्ब ४ अर्ब रुपैयाँ रहेको वैदेशिक व्यापार यो वर्ष बढेर १९ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । जुन, २९ प्रतिशतको वृद्धि हो । यसैगरी, अघिल्लो वर्षको सो अवधिमा १२ खर्ब ६२ अर्ब रुपैयाँमा रहेको व्यापार घाटा पनि यो वर्ष २५ प्रतिशतले बढेको छ । यस वर्ष नेपालको कूल वैदेशिक व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँभन्दा बढी पुगेको विभागले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप