रवि लामिछानेलाई रवीन्द्र मिश्रको सुझाव–हाम्रो कमजोरीबाट सिक्नु
मङ्गलबार, ०७ असार २०७९, १५ : ४७
विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले आफूले पार्टी निर्माण गर्दा गरेको कमजोरीबाट पाठ सिक्न रवि लामिछानेलाई सुझाएका छन् । लामिछानेले मंगलबार आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत मिश्रले लामिछाने आशा गरेको थोरै मान्छेमा पर्ने भएकाले कमजोरीबाट पाठ सिक्न अनुरोध गरेका हुन् ।
‘तिमी सानै हुँदादेखि चिनेकोले मैले ‘तिमी’ भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी। मैले आशा गरेको थोरै मान्छेमा पर्छौँ तिमी’, मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर । तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रको पक्षमा हेटौँडामा एमालेको प्रदर्शन (तस्बिरहरू)
-
इजरायली प्रधानमन्त्रीद्वारा कानूनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त
-
रमेश अवस्थी अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत
-
आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री
-
धनकुटाको लेगुवा खोला पक्की पुल, स्थानीयलाई सङ्खुवासभा घुम्नुपर्ने बाध्यता हट्यो
-
पूर्व राजालाई राज्यले दिएको सम्मान भंग भयोः योगेश भट्टराई