शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

योग प्रशिक्षक भन्छन्–शारीरिक र मानसिक स्वास्थ्यका लागि योग अनिवार्य

मङ्गलबार, ०७ असार २०७९, १५ : ३८
मङ्गलबार, ०७ असार २०७९

आज २१ जुन नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । मानवताका लागि योग भन्ने नारासहित मनाइने योग दिवस पछिल्ला वर्षहरुमा नेपालमा पनि राष्ट्रिय पर्वकै रुपमा मनाउन थालिएको छ । योगको के महत्त्व छ ? योग किन गर्ने ? योग प्रशिक्षकहरुका अनुसार मानिसमा योग अनिवार्य जस्तै भैसकेको छ । ‘योग शरीर, भाव, मन र चेतनाको उर्जा हो’, योग प्रशिक्षक रिता न्यौपानेको भनाइ छ । त्यस्तै अर्का योग प्रशिक्षक राम पाण्डेको भनाइमा मानिसको जीवनमा शारिरिक र मानसिक स्वास्थ्यका लागि योग अनिवार्य छ । ‘आजको दुनियाँमा मानिसको शारिरिक र मानसिक स्वास्थ्यको लागि योग नै एउटा मात्र विकल्प हो’, पाण्डेको भनाइ छ । त्यस्तै अर्का प्रशिक्षक सिर्जना श्रेष्ठ मानव जीवनका लागि योग महत्त्वपूर्ण र अपरिहार्य रहेको बताउँछिन् ।

न्यौपाने, श्रेष्ठ र पाण्डेको भनाइमा योगको महत्व

रिता न्यौपाने, योग प्रशिक्षक : दुई दुई जोड्दा जसरी चार हुन्छ, त्यस्तै हामीभित्र चारवटा उर्जाका क्षेत्र छन् । शरीर, मन, भाव,चेतनाको उर्जा हुन्छ । तर सवैले पाउने उर्जा चेतनाको नै हो । शरीर देखिने उर्जा हो । शरीरको हातपाउ चलाउँदै चलाउँदै क्रिया गर्छौ । क्रिया मनमा जोडिन्छ । शरीर र मन जोडिएपछि उत्कृष्टता आउँछ । त्यसमा भाव र चेतना जोडिएपछि थप उत्कृष्टता आउँछ जसले हाम्रो क्षमता र प्रतिभा बढ्छ त्यसैले सवैको संगम योग भनेर बुझ्न सकिन्छ । हामीले हाम्रो शरिरमा गतिशीलता आउनुपर्छ त्यसो भए हामी स्वस्थ बन्छौ भन्ने भाव बनाएका छौ भने हामी योगप्रति आकर्षित हुन्छौ । अलि निश्कृय छौ वा सुविधागोगी छौ भने हामी योगप्रति आकर्षित हुनसक्दैनौ । कि योगप्रति आकर्षित हुन शारिरिक वा मानसिक समस्या आउनुपर्छ अनिमात्रै योगप्रति ध्यानाकर्षण हुने गरेको पाइन्छ । जव हामी योग गर्न थाल्छौ अनिमात्र थाहा हुने गर्छ कि शरिरमा के छ ? शरीरले के खोजिरहेको छ र शरिरमा कसरी उर्जा बढ्दो रहेछ ? ध्यान गर्न थालेपछि मात्रै थाहा हुन्छ मन कुन स्थितिमा छ ? साधारणतया हाम्रो सम्झना र कल्पनाका कारणले पास्ट र फ्युचरमा बढि जाने वर्तमानमा कम रहने हुन्छ त्यो भएर योगमा विशेषगरी बालबालिकालाई योगमा जोड्न सक्नुपर्छ ।

 सिर्जना श्रेष्ठ, योग प्रशिक्षक : योग हाम्रो जीवनको लागि खानाजत्तिकै महत्वपूर्ण र अपरिहार्य छ । पहिला हामी योग शरीरलाई दिन्छौ, चलाउँछौ । शरीरको व्यवस्थापन भएपछि मनतर्फ जान्छ । मनको व्यवस्थापन स्थिर भएपछि मात्रै हाम्रो चेतना बढ्दै जान्छ । मन, भाव र चेतनालाई जोडेपछि हामी योग गर्छौ । शरीर व्यवस्थापन गर्न पहिला आशनहरु गर्छौ । त्यसपछि मनको व्यवस्थापन गर्न प्रणाम गर्छौ । त्यसपछि ध्यान गर्छौ, जसले स्मरण शक्ति वा चेतनाको शक्ति बढाउँछ । अहिलेको हाम्रो खानपान,रहनसहनको लागि पनि आजका दिनमा योगको धेरै महत्व बढ्दै गएको छ । यसलाई सहि ढंगले उपयोग गर्न जरुरी छ । हामीलाई स्वास्थ शरीर हुन जरुरी छ, शरीर स्वस्थ नभई मनमा शान्ति आउदैन । शरीर स्वस्थ बनाउन योगा, व्यायाम र प्रणाम गर्नुपर्छ । मन, भावना र चेतना समग्रको विकास हुदै स्वस्थ जीवन जिउने कला हो योग । योग गर्न बिहानको समय उपयुक्त हुन्छ ।

राम पाण्डे, योग प्रशिक्षक : आजको दुनियाँमा शारिरिक स्वस्थ्य र मानसिक स्वास्थ्यको लागि योगा नै एउटा मात्र विकल्प हो । योग नेपालमा मात्रै होइन, कोभिड १९ पछि योगाप्रतिको विश्वमै आकर्षण बढ्दो छ ।

योगका नाम आआफ्नै किसिमले राखिएका हुन्छन् । त्यो व्यक्ति विशेषपनि हुनसक्छ । मैले योग गर्दा रामयोग भयो होला । अर्कोले हरियोग हुनसक्छ । सैद्धानितक रुपले भन्नुपर्दा योग गर्ने सूत्र सवै एउटै हुन्छन् । सवै पतञ्जलीबाटै स्थापना भएका हुन् । योगीहरुले ऋषिहरुको सत्संग हेर्ने हो भने सवै योगाशन बनाउनुभएको छ त्यो एउटै आधारमा बनेको छ । यद्यपी त्यही एउटा सिद्धान्तलाई आआफ्नो ढंगले व्यवहारमा उतार्ने गरिन्छ । तथापी योगभित्र क्याटोगरी हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप