शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मोटर्सको गाडीको भाउ बढ्यो

मङ्गलबार, ०७ असार २०७९, १५ : २५
मङ्गलबार, ०७ असार २०७९

भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्नो उत्पादनहरूको मूल्य बढाएको छ । कम्पनीले यसको प्यासेन्जर गाडीहरूको मूल्य वृद्धि गरेको घोषणा गरेको हो ।
हाल बजारमा सवारी साधन निर्माण एवम् उत्पादनलाई आवश्यक कच्चा सामग्री, वस्तुहरू, सेमी कन्डक्टर, स्टिल, आल्मुनियम र अन्य धातुहरूको मूल्य बढ्दो छ । यसो हुँदा सावरी साधन निर्माणको खर्च पनि बढेको भन्दै कम्पनीले बिक्री मूल्य समेत बढाउनुपरेको जनाएको छ । 

टाटा मोटर्सले भारतीय बजारमा गत अप्रिल २३ देखि लागू हुनेगरी आफ्नो गाडीहरूको बिक्री मूल्य बढाएको छ । त्यसमध्ये प्यासेन्जर भेइकल (गाडी)को मूल्य मोडल र भेरियन्ट अनुसार १.१ प्रतिशतसम्म बढाएको छ ।
कम्पनीले यसभन्दा अघि गत जनवरीमा समेत गाडीको मूल्य ०.९ प्रतिशतसम्मले बढाएको थियो । यसर्थ, सन् २०२२ मा टाटा मोटर्सका उत्पादनको मूल्य बढेको यो दोस्रो पटक हो ।

टाटा मोटर्सले यसपटक नेक्सन ईभी को मूल्य भने भारु २५ हजार रुपैयाँले बढाएको छ । भारतीय बजारमा टाटा मोटर्सको उत्पादनमध्ये टियागो, पन्च र ह्यारिअर लोकप्रिय छन् ।
नेपालमा भने टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ को टियागो, टिगोर, अल्ट्रोज, नेक्सन, एच–५, सफारी, नेक्सन ईभी र टिगोर ईभी उपलब्ध छ । 

भारतीय बजारमा गाडीको मूल्य बढेसँगै नेपालमा पनि गाडीको मूल्य बढ्ने निश्चित रहेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप