सर्लाहीमा एक युवकको हत्या
मङ्गलबार, ०७ असार २०७९, १५ : २२
सर्लाहीमा एक युवकको हत्या भएको अवस्थामा शव भेटिएको । सर्लाहीको कविलासी नगरपालिकामा वडा नम्बर ८ मा स्थानीय अन्दाजी २४ वर्षिय अमरेन्द्र ठाकुरको हत्या गरी खेतमा फालिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हत्या गरी अगर्वा बजारभन्दा पश्चिम सडकको किनारमा फालिएको अवस्थामा शव फेला परेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेलले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । उनले प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशबाट कुकुरसहितको विशेष टोलीबाट अनुसन्धान भइरहको समेत बताए । थप अनुसन्धान पछि मात्र अन्य कुरा भन्न सकिने उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी