एसपीपी अस्वीकार गर्ने सरकारको निर्णय स्वागतयोग्य : भीम रावल
नेकपा एमालेका सांसद भीम रावलले धेरै ठूलो दबाबपछि स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् । उनले सत्ता पक्षकै सांसदहरूको जोडबल र प्रमुख प्रतिपक्ष दलको दबाबकै कारण सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय गरेको बताए ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि एसपीपी अघि बढाउने हुन् कि भन्ने आशंका रहेको बताए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी स्वीकार गर्न नसक्ने पत्र पठाउने निर्णय गरेकाले अझै पनि संशय रहेको बताए ।
प्रधानमन्त्री देउवा नै अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित नभएर संसदीय समितिको मानमर्दन गरेको आरोप लगाए । नेता रावलले प्रधानमन्त्री संसदीय समिति बैठकमा नआउने बरु बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक राखेर छलफल गरेकोमा आपत्ति जनाउँदै गठबन्धन संविधानसम्मत हो र भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि