एनआईसी एशिया बैंकद्वारा प्रदेश १ का प्रमुख सहरमा क्यूआर भुक्तानी अभियान
एनआईसी एशिया बैंकले डिजिटल भुक्तानी प्रबर्द्धन गर्नका लागि प्रदेश १ स्थित सुनसरी जिल्लाको धरान शाखाबाट धेरै संख्यामा क्यूआर कोड वितरण गर्न शुरु गरेको छ । बैंकले क्युआर कोड उक्त ठाउँका २०० भन्दा वढी अटो रिक्सा एवं सिटी सफारी जस्ता सवारी साधनहरुमा सुरुवाती चरणमा वितरण गरेको हो ।
२०७९÷०३÷०६ गते सोमवार एक कार्यक्रमका बीच बैंकका प्रदेश १ का प्रमुख विकास खरेलले यस क्षेत्रमा डिजिटल कारोबार बढाउन नगर क्षेत्र भित्र रहेका २०० भन्दा वढी इ–रिक्सा सदस्यहरुलाई उक्त क्यूआर भुक्तानी सेवा वितरण गरेका हुन् । यसरी क्यूआर कोड सेवा लिन बैंकको सर्वश्रेष्ठ सहज बचत खाता खोल्नुभएका निज ग्राहक महानुभावहरूलाई बैंकले शुन्य मौज्दातमै १ वर्षको निमित्त रु. १० लाख रकम बराबरको दुर्घटना बीमा समेत उपलब्ध गराएको छ ।
‘क्यूआर सेवाबाट कारोबार गर्दा समग्र नगर क्षेत्रमा डिजिटल कारोबारलाई बढाउन टेवा मिल्नेमा हामी विश्वस्त छौं,’ बैंकका प्रदेश १ प्रमुख विकास खरेलले भने, ‘साथै बैंकले दिन लागेको निःशुल्क १० लाख रुपैयाँको दुर्घटना बीमाले यातायात सेवा प्रदायकलाई भविष्यमा आइपर्न सक्नेलाई मलम लगाउन समेत ठूलो सहयोग मिल्नेछ ।’ साथै अटो रिक्सा एवं सिटी सफारीसँग आवद्धहरुले पनि बैंकको क्युआर कोडको वितरणले आफूहरुलाई नगद लिन दिन थप सहजता थपिएको बताए ।
बैंकले थालेको क्यूआर कोड वितरण अभियानले धरान क्षेत्रमा रहेका यातायात प्रणालीहरूमा डिजिटल कारोबार गर्दा नगद कारोबारमा जस्तो खुद्रा नोटको जोहो गर्न समेत नपर्ने हुँदा यसबाट सवारी साधन प्रयोगकर्ता एवं सेवा प्रदायकलाई खुद्रा रकमको जोहो गर्नुपर्ने झन्झटबाट समेत मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ ।
बैंकले नेपाल सरकारको नगदरहित कारोबार बढाउने रणनीतिलाई पछ्याउँदै देशका हरेक क्षेत्रमा बढी भन्दा बढी क्षेत्रहरुमा क्यूआर भुक्तानी सेवा वितरण गर्ने अभिलाशा लिइरहेकोमा प्रदेश १ का विराटनगर, इटहरी, धरान, दमक, विर्तामोड लगायतका क्षेत्रमा २५०० वटा भन्दा बढी क्यूआर कोड वितरण गर्ने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज
-
मिडल अर्डरमा राम्रो गर्न सकेनौँ : कप्तान आसिफ
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?